आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जसपामा कारवाहीको होडबाजी


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १८, २०७८
  • 300
    SHARES

काठमाडौं,१८ जेठ
जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।

उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी समितिको बैठकबाट निर्णय गरी अर्का अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निश्कासन गरेसँगै ठाकुर–महतो पक्षले पनि बैठक गरी उपेन्द्र यादवलाई पार्टी बाट निश्कासन गरेको हो । ठाकुर र यादवविच यसअघि एकले अर्कोलाई स्पष्टिकरण सोध्ने होडबाजी चलेको थियो भने दुवैले स्पष्टिकरणको जवाफ भने फर्काएका थिएनन् । जसपा ठाकुर–महतो पक्षका नेता प्रमोद यादवले उपेन्द्र यादवलाई पार्टीबाट निश्कासन गरिएको जानकारी दिनुभयो । आफुहरुले कसैलाई कारबाही गर्न नचाएको भएपनि यादवले कारबाही गरेपछि त्यसैको प्रतिक्रियास्वरुप कारबाही गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जसरी उहाँहरु अगाडी बढिराख्नुभएको छ । त्यसरी नै हाम्रा श्रद्धय अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोज्यूको आजैको बैठकबाट उहाँले जब पार्टीबाट ४ जना नेतालाई निश्कासन गरिसकेको अवस्था जब न्यूजमा आयो त्यसपछाडी फेरी बैठक बसेर उहाँ उपेन्द्र यादवलाई पनि हामीले स्पष्टिकरण सोधेकै थियौँ । त्यो आधारमा उहाँलाई पनि निश्काशन गरिएको हो .

नागरिकता समस्या, जेलमा रहेका नेता कार्यकर्ता छुट्ने, मुद्दा फिर्ता हुने लगायतका मधेसका माग पुरा भइरहेको भन्दै सांसद यादवले मधेशको माग सम्बोधन हुनबाट रोक्न उपेन्द्र यादव पक्षले प्रयत्न गरिरहेको पनि बताउनुभयो । जनताको इच्छा र भावना विपरित काम गरेको भन्दै उपेन्द्र यादवले यसको ठुलो मुल्य चुकाउनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }