मङ्लबार, बैशाख २५, २०८१

चलचित्र क्षेत्रकालागि बजेट केहिहद सम्म सकारात्मक :आकाश अधिकारी


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १८, २०७८
  • 844
    SHARES

 काठमाडौं ,१८ जेठ

सरकारले ल्याएको आ.व. २०७८÷०७९ को बजेटले  चलचित्र क्षेत्रका महत्वपूर्ण कुराहरु संम्बोधन गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । बिजुलीको डिमान्ड शुल्क हटाउनु सकारात्मक भएको उहाँको भनाई छ ।

गत वर्ष मौद्रीक नीतिले चलचित्र क्षेत्रलाई समेटेको भएपनि सरकारले नसमेट्दा कुनै किसिमको फाइदा लिन नसकिएको भन्दै उहाँले यसपाली सम्बोधन भएका कुराहरुको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

चलचित्र उद्योग जाम भएर बसेकोले आफुहरुले यस क्षेत्रको लागि प्याकेज नै मागेको भएपनि मागेको कुरा सम्बोधन हुन नसकेको उहाँले बताउनुभयो । लकडाउन अवधिको चलचित्रकर्मीहरुको ऋणको व्याज मिनाहा गर्ने आफुहरुको प्रस्ताव सरकारले पुरा गर्नुपर्नेमा अझैपनि उहाँको जोड छ ।

सातै प्रदेशमा फिल्म सिटी बनाउन सम्भव नभएको पनि उहाँले टिप्पणी गर्नुभयो । बरु चलचित्र छायांकनमा जाँदा व्यवस्थापकिय पक्ष राम्रो बनाउन सके मात्रै पनि धेरै राम्रो हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }