१९ जेठ, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताउनुभयो।
हिजोको बैठकले स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुबारे कुनै निर्णय लिएन । बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको थियो ।