आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भयो : गगन थापा


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १९, २०७८
  • 607
    SHARES

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच देखाएको उल्लेख गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सरकारको बलुवा निकासी गर्ने निर्णयको विरोध गर्दै आम जनता, सञ्चारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “यो नीतिगत भ्रष्टाचार हो, आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ।

त्यस्तै उहाँले संसद् नभएको बेलामा अवैधानिकरुपमा ल्याएको बजेटमा चुरे तहसनहस पार्ने प्रावधान राखेको भन्दै त्यसलाई रोकेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, “अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै,आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }