मङ्लबार, बैशाख २५, २०८१

अभिनेता टाइगर र अभिनेत्री दिशाविरुद्ध एफआइआर दर्ता


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २०, २०७८
  • 279
    SHARES

२० जेठ, मुम्बई । अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गराएको छ । दुई दिन अघि दिउँसो दुई बजे मुम्बईको बेडस्टेण्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले बाहिर निस्कनुपर्ने ठोस कारण बताउन नसकेपनि उनीहरुको कागजात हेरेर छोडिदिएका थिए । अहिले भने प्रहरीले सबै कुराको जाँच गरेपछि दुवैका विरुद्ध एफआइआर दर्ता गराएको हो ।

मुम्बई प्रहरीका अनुसार दुवैविरुद्ध धारा १८८ अनुसार उजुरी दर्ता गरिएको छ । अहिले यो मामलामा दिशा र टाइगरलाई पक्राउ गरिएको छैन । किनकी यो जमानती अपराधको श्रेणीमा पर्दछ ।

महाराष्ट्रमा जून १५सम्म कोरोना लकडाउन छ र बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बाहिर निस्कन छुट छ ।

जिमको काम सकिएपछि दिशा र टाइगर यात्रामा निस्किएका थिए । टाइगर पछाडि बसेका थिए भने दिशा अगाडि थिइन् । प्रहरीले दुवैको आधार कार्ड जाँच गरेको थियो र दोस्रो औपचारिकता पुरा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }