२० जेठ, काठमाडौं । नेकपा एमाले केपी ओली पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।
आजै एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक बसिरहेको छ । बैठकमा नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई पनि सहभागी हुनुहुन्छ।