२१ जेठ, काठमाडौं । आज पनि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैटक अहिले ११ बजेबाट भर्चुअल रुपमा हुनेछ । बैठक हिजो बिहीबार देखि शुरु भएको हो ।
बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए ।
बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।