आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिमण्डल विस्तार असंवैधानिक :विपक्षी


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २२, २०७८
  • 1.1K
    SHARES

काठमाडौं , २२ जेठ

प्रधानमन्त्री केपी ओलीले आज विस्तार गरेको मन्त्रीमण्डल संविधान विपरीत भएको विपक्षी दलहरुले बताएका छन् । उनीहरुले काम चलाउ हैसियतको सरकारले मन्त्रीमण्डल विस्तार गर्नु हास्यास्पद भएको पनि बताएका छन् ।

विपक्षी दल नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले यो सरकारको वैधानिकता सर्वोच्च अदालतमा परीक्षणका क्रममा रहेको र सरकार आफै काम चलाउ मात्र हैसियतमा रहेकाले आफुलाई विस्तार गर्ने कुरा हास्यास्पद बाहेक अरु केही होइन भनेका छन् ।

उनले यो सरकार बनेपछि नै संविधान विपरीत काम गर्दै आएको र अहिलेको मन्त्रिमण्डल पुनर्गठनको प्रयास पनि त्यसैको निरन्तरता भएको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले आफ्नो अहंकारमा संविधान र लोकतन्त्र नै सिध्याउने प्रयास गरेको आरोप पनि लगाए ।

माओवादी नेता देव गुरुङले यो संविधानले यो सरकारलाई नचिन्ने बताएका छन् । उनले यो काम चलाउ सरकार सँग मन्त्रिमण्डल विस्तारको हैसियत नै नहुने बताए । आफैंले चुनाव घोषणा गरेर काम चलाउ भैसकेको सरकारले मन्त्रि थप्नु व्यवहारिक र अरु सबै दृष्टिकोणले असंवैधानिक भएको उनको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }