आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री महत्तोको अभिव्यक्तिप्रति माधव पक्षको आपत्ति, प्रधानमन्त्रीसँग स्पष्ट पार्न माग


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २२, २०७८
  • 532
    SHARES

२२ जेठ, काठमाडौं । एमाले माधव नेपाल पक्षका १५ जना स्थायी कमिटीका सदस्यहरुले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महत्तोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्ट पार्न माग गरेका छन्।

शनिबार साँझ उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ, यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’

शुक्रबार शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उप्रप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने बताउनुभएको थियो।

महतोको यो अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी भएको नेपाल समूहको बैठकले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }