मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिपक्षी दल एमालेको अबरोधका कारण कर्णाली प्रदेशसभाको बैठक आज पनि अबरुघ्द


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २६, २०७८
  • 767
    SHARES

कर्णाली, २६ जेठ 
कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चल्न सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ ।

उक्त दिनको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कीर्ते जालसाजीसम्बन्धी फौजदारी अभियोग प्रमाणित भइसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त नगरे सदन चल्न नदिने जनाऊ दिनुभएको थियो । त्यसपछि सभामुख राजबहादुर शाहीले यसबीचमा पटक पटक बैठक स्थगन गर्दै आउनुभएको छ ।

यही जेठ २५ गते सरकार र प्रतिपक्षी दलबीच तीन घण्टा भन्दा लामो वार्ता भयो तर त्यसको टुङ्गो लाग्न नसक्दा प्रदेशसभाको बैठक नै बस्न सकेन । प्रदेशसभा सचिवालयले विशेष कारण देखाएर मङ्गलबारको बैठक पनि जेठ २६ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगनको सूचना टासेको थियो ।

आज पनि बैठकको प्रारम्भमै नेता कँडेलले सरकारले राजनीतिक प्रतिशोध, पात्रको भन्दा पनि प्रवृतिका विरुद्ध कुरा उठाइएको भन्दै सरकारले मन्त्री थापाको पदमुक्तको अडान कायम राख्नुभयो । “हामीले उठाएको विषय समय बर्बादीका लागि नभई सभाको मर्यादा र सबैको मानसम्मान बढाउनका निम्ति हो,” नेता कँडेलले भन्नुभयो, “सदन शुरु हुनु अघि हामीले भनेजस्तै गरेको भए वा परिस्थिति सृजना भएपछि निर्णय लिनुपथ्र्यो तर सरकारले त्यो गर्न सकेन ।”

उहाँले प्रब्न गर्दै भन्नुभयो, “विषय प्रवेश गराएपछि सरकारको ध्यानाकर्षण त हुनुपर्छ नि बरु यो बीचमा हाम्रो माग अनुसार व्यवहारिक ढंगबाट अघि बढेको भए हुन्थ्यो । अहिले मन्त्रालय त देखाउने मात्र हो । सरकार सम्बद्ध १० वटै जिल्लाका नेताहरु सुर्खेतका होटलमा बसेर योजना बनाइरहेका छन् । कार्यान्वयन गर्ने कार्यालयहरु हेरिरहेका छन् । जनप्रतिनिधिहरुको मर्यादा के हो ’’भन्दै प्रश्न गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }