शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व कविता प्रतियोगिता सहित भानु जयन्ती मनाईँदै


  • माउन्टेन खबर
  • शनिबार, असार १९, २०७८
  • 1.9K
    SHARES

आषाढ २९ गते मंगलवार नेपाली साहित्यकार विश्व सञ्जालले भानु जयन्ती मनाउने भएको छ । उक्त कार्यक्रममा भानु जयन्ती विशेष विश्व कविता प्रतियोगिता समेत गरिने भएको छ। उक्त कार्यक्रममा वरिष्ट साहित्यकार मुकुन्द शरण उपाध्यायको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रम नेपाली समय अनुसार साँझ ६ बजे देखी जुम प्रबिधी मार्फत गरिने भएको छ । सो विश्व सञ्जालका परिकल्पनाकार स्पन्दन विनोदले कार्यक्रमको सँयोजन गर्ने भएका छन् । प्रतियोगेताका नियमहरू ​निम्नानुसार छन् ।

१)प्रतियोगितामा सहभागि हुन चाहनेहरूले यही आषाढ २४ गतेसम्ममा यौटा कविता (गद्य/ पद्य , २०० शब्दसम्मको) मेसेन्जरमार्फत कमला महत वा स्पन्दन विनोदलाई दिनुपर्नेछ। वा [email protected] मा इमेल गर्न सक्नुहुनेछ।
२)कवितामा कुनै पनि अपाच्य शब्दावली वा अपमानजनक शब्द प्रयोग गर्न पाइने छैन।
३)कविता कतै प्रकाशित नगरीएको आदिकवि भानुभक्त विशेष हुनु पर्नेछ। अन्य विषय मान्य हुने छैनन्।
४)समय सीमामा आएका कविता २५ गते निर्णायककोमा कोड अंकित भै गएर २९ गते कार्यक्रममा निर्णय सुनाईनेछ भने प्राप्त कविताबाट छनोटमा पर्न सफल उत्कृष्ट ३० कविलाई कार्यक्रममा कविता वाचन गर्नु पर्नेछ। उक्त उत्कृष्ट ३० कविहरूलाई फेसबुकबाटै कार्यक्रममा निमन्त्रणा गरिनेछ। ७५ % कविताबाट र २५% वाचनबाट अंक लिएर नतिजा शार्वजनिक गरिनेछ।
५)निर्णायक को र कति हुनुहुन्छ स्वयम् निर्णायकहरूलाई ज्ञात हुने छैन। निर्णायकहरूको नाम कार्यक्रमको अन्त्यमा मात्र भनिनेछ र प्रतियोगिताको सम्पूर्ण अन्तिम निर्णय आयोजकको हुनेछ।
६)पुरस्कार प्रायोजकज्यूहरूलाई ‘भानु जयन्ती काव्य प्रोत्साहन सम्मान’ र निर्णायकज्यूहरूलाई ‘भानु जयन्ती काव्य साधना सम्मान’ र विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना (२) कविहरूलाई ‘भानु जयन्ती काव्य सिर्जना सम्मान’ सहित उल्लेखित राशी प्रदान गरिनेछ।
७)यस प्रतियोगिताको निर्णय आउँनु पूर्व प्रतियोगिहरूबाट कवितालाई लिएर कुनैपनि बहस कसैसित गरेको पुष्टी भएमा पुरस्कार स्वत रद्ध गरिनेछ।
८) कवितामा अनिवार्य सम्पर्क ठेगाना राखिएको हुनुपर्नेछ।

पुरस्कारहरू:
प्रथम पुरस्कार: २००$ (प्रायोजक: व्यवसायी सन्दीप चौधरी)
दोस्रो पुरस्कार: १५०$ (प्रायोजक: वरिष्ठ साहित्यकार राम लामा अविनाशी )
तेस्रो पुरस्कार: १००$ (प्रायोजक: वरिष्ठ साहित्यकार तथा हाइकू प्रशिक्षक पुरु सुवेदी)
सान्त्वना पुरस्कार(२ जनामा): ५०$/५०$ (प्रायोजक: फ्लोरोसेन्ट सेकेण्डरी स्कूल, गोंगबू काठमाण्डौ, फोन नं: ०१-४९६१७३३)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }