शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बि एण्ड सी मेडिकल कलेजका विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय गर्न दुर्गा प्रसाईको माग


  • माउन्टेन खबर
  • शनिबार, असार १९, २०७८
  • 665
    SHARES

काठमाडौं, १९ असार
बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एंवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेज बारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशकले संघीय राजधानी काठमाण्डौमा सनिबार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धत दिन वा सरकार आफैले सञ्चालन गर्न वा सधेका लागि बन्द गर्ने विषयमा अविलम्बन स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

उहाँले हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्र्दभमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भुमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले गिरी आयोगको उपाध्यक्ष हुन समेत कानुन अनुसार अयोग्य रहेको दाबी कार्यकारी निर्देशक प्रसाईले गर्नुभएको छ ।

उहाँले भन्नुभयो “ यस मेडिकल कलेजलाई सम्वन्धन दिन वा सरकार आफैले संचालन गर्न वा सधैँका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय लिनुहुन नेपाल सरकार खासगरि सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष मेची अंचलका बत्तिस लाग जनताको अनुरोध छ।

यस वि.एण्ड सी.मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलको सम्वन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्दर्भमा सो आयोगका उपाध्यक्ष गिरीले यस वि.एण्ड सी.मेडिकल कलेज माथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भूमिकाको विषयमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति यस संस्थाको गंम्भिर ध्यानाकर्षण भएको छ । उहाँ चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष हुन समेत कानूनतः अयोग्य हुनुहुन्छ । कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसंग २० करोड घुस मागेको र सो सार्वजनिक गरि अख्तियारमा उजुरी गरेपछि म प्रति अत्यन्तै पुर्वाग्रही हुनुहुन्छ ।”

कार्यकारी निर्देशक प्रसाईले आयोगका उपाध्यक्ष गिरिले आफुसंग २० करोड घुस मागेको दाबी पनि गर्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }