शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मानौं जीवनको याम फेरिन्छन् ऋतुका सरी : कविता


  • राजेन्द्र श्रेष्ठ, न्यूयोर्क
  • सोमवार, असार २१, २०७८
  • 1.0K
    SHARES

मानौं जीवनको याम फेरिन्छन् ऋतुका सरी (अनुष्टुप छन्द)

काँप्तछन् थर्थरी कोही,झार्दछन् पसिना कतै

नवीन वस्त्रमा कोही, नाङ्गै छ जीवनी कतै ,

उड्छन् चरी सरी हुर्र,बग्छन् आनन्द निर्झरी

मानौं,जीवनका याम फेरिन्छन् ऋतुका सरी।

थप्छन् मानिसले न्यानो कम्बल शीतकालमा

निर्लिप्त मोहमा कोही, कोही व्याप्त उदासमा,

रामकृष्ण कतै जप्छन्,कतै उन्माद बेस्सरी

मानौं,जीवनका याम फेरिन्छन् ऋतुका सरी।

फाल्छन् राग कडा दम्भ साँझमा घोर मेघ झैं

छड्के हेर्छन् बनी टिल्ल नर राक्षस नै अझै,

भोलिपल्ट सबै झल्ल मोहनीमय निर्झरी

मानौं,जीवनका याम फेरिन्छन् ऋतुका सरी।

दुष्टता, शिष्टता सारा सभ्यता,सान,सौरभ

चेत,चरित्र औ दृष्टि फेरिन्छन् युग गौरव,

बाल्य,यौवन औ बृद्ध अबस्था सपना सरी

मानौं,जीवनका याम फेरिन्छन् ऋतुका सरी।

राजेन्द्र श्रेष्ठ, न्यूयोर्क । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }