आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अजय देवगनको चलचित्र ‘भुज– द प्राइड अफ इण्डिया’ को रिलिज मिति तय


  • माउन्टेन खबर
  • बुधबार, असार २३, २०७८
  • 351
    SHARES
एजेन्सी

बलिउड अभिनेता अजय देवगनको चलचित्र ‘भुज– द प्राइड अफ इण्डिया’ को रिलिज मिति तय भएको छ ।

यो चलचित्र भारतको स्वतन्त्रता दिवस अगस्ट १३ मा डिज्नी प्लस हटस्टार बीआईपीमा रिलिज हुनेछ ।

मुख्य भूमिकामा रहेका अजयको यो पहिलो चलचित्र हो, जो ओटीटी प्लेटफर्मबाट रिलिज हुँदैछ ।

चलचित्रमा सञ्जय दत्त, सोनाक्षी सिन्हा, एमी विर्क, नोरा फतेही र शरद केल्कर पनि महत्त्वपूर्ण भूमिकामा देखिने छन् ।

मंगलवार अजयले चलचित्रको मोसन पोस्टर शेयर गर्दै रिलिज डेट घोषणा गरेका हुन् ।

चलचित्रको कथा सन् १९७१ मा भारत–पाकिस्तान युद्धका बेला भएको सत्य र साहसिक घटनामा आधारित छ । अजय भारतीय वायु सेनाका स्क्वार्डन लिडर विजय कार्णिकको भूमिकामा छन्, जो अहिले भुज एअरपोर्टका इन्चार्ज हुन् ।

मोसन पोस्टरमा देखाइएको छ– १९७१ मा पाकिस्तानले अपरेशन चंगेज खान सुरु गरेको थियो । १४ दिनमा पाकिस्तानले भुज एअरफिल्डमा ९२ वटा बम र २२ वटा रकेटबाट हमला गरेको थियो । युद्धका बेला एअरबेस ध्वस्त भएपछि विजयले नजिकै माधापुर गाउँका ३०० महिलालाई साथमा लिएर एअर बेस तयार गरेका थिए, ताकि भारतीय वायु सेना उत्रन सकुन् ।

चलचित्रको ट्रेलर जुलाई १२ मा रिलिज गरिने छ ।

सञ्जय दत्त रणछोड्दास पागीको भूमिकामा छन् । एमी विर्क विक्रमसिंह बाज जेठज र सोनाक्षी सुन्दरबेन जेठाको भूमिकामा छन् । नोरा भने हीरा रहमानको भूमिका निभाइरहेकी छन् ।

यसको निर्माण अजय देवगनले नै गरेका हुन् भने निर्देशन अभिषेक दुधइयाले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }