शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जापानको तानाबाता माचुरी


  • गृष्मा पौड्याल, टोकियो जापान
  • बुधबार, असार २३, २०७८
  • 999
    SHARES

जापानमा पर्ने विभिन्न सिजनल पर्बहरू मध्य स्टार फेस्टिबल अर्थात तानाबाता माचुरी पनि एक हो।जुलाई महिनाको ७ तारिख तानाबाता माचुरि 七夕祭り मनाईन्छ।यो फेस्टिबल जापान भर जुलाई र अगष्ट महिनामा मनाइने भएता पनि टोकियोमा भने ७ महिनाको ७ तारिख अर्थात आज जुलाई महिनाको ७तारिखको दिनमा नै मनाईन्छ। केटाकेटीहरू अन्दाजि बर्ष १२ १४ बर्ष सम्मकाले यो फेस्टिबल रमाईलो गरी मनाउॅछन् ।जहॅा पनि चाड पर्ब भनेको केटाकेटीलाई नै रमाईलो हुने हो नि ! अल्लि ठूला भएका युवाहरू भने जापानमा लाज मानेर धेरै जसो पर्बहरू मनाउॅदैनन् ।

अझै जापानी पौराणिक क्यालेन्डरका अनुसार ‘मिल्कि वे’ अथवा मरेपछि स्वर्गमा जाने दुधको खोला हन्छ र त्यो तर्नलाग्दा हरेक बर्ष चन्द्रमासको सातौं सॅाझ अर्थात जुलाई महिनाको ७ तारिख बर्षमा एकचोटि प्रेमिल जोडि ‘हिकोबोसि सामा’ र ‘ओरिहिमे सामा, बर्षमा एकपटक मात्र भेट हुने दिन हो। यही दिनलाई नै जापानमा तानाबाताको दिन भनेरमनाउॅने चलन छ! तानाबातामा केटाकेटीहरूले ईश्वरलाई प्रर्थना गरी यी प्रेमिल जोडिलाई दु:ख नदिनु र हरेक बर्ष यिनीहरूलाई मिल्न दिनु भनि प्रर्थना गर्ने र आफ्नो पनि प्रेम भए सफल होस् र अरू कुनै कामना भए त्यो पनि पूरा होस् भनेर तानाबातासॅग प्रार्थना गर्ने चलन छ।

तपाईंले पनि जापानको विभिन्न ठाउॅमा हरियो बॅासको रूखमा विभिन्न ध्वजा पताका सहित रॅगिचॅगि कागजहरूले सजाएर राखेको देख्नु भएको होला ।देख्नु भएको छैन भने पनि यहॅा तल चित्रमा देख्न सक्नुहुन्छ। बॅासको हरियो हॅागामा आफ्नो विभिन्न मनोकामनाहरू लेखि रॅगिचॅगी कागजमा लेखेर झुन्ड्याउने र यो कामना पूरा होस् भनेर प्रार्थना गर्ने चलनको पर्बलाई नै तानाबाता भनिन्छ।यो चलन जापानमा अझै पनि प्रख्यात छ।

शुरूआति दिनमा यो फेस्चाटिबल चाईनाबाट सुरू भएको हो र पौराणिक लुनि-सोलार क्यालेन्डरका अनुसार ‘मिल्कि-वे’ले हिकोबोसी र ओरिहिमेलाई छुट्याईदिने काम गर्ने भएकोले देबताहरूले बैठक बोलाई चन्द्रमासको सातौं सॅाझमा यिनीहरूलाई मिल्न दिनु भनेर सबैलाई अनुरोध गरिएको हुनाले हरेक बर्ष जुलाई महिनाको ७ तारिखमा (七夕)लाई तानाबाता या स्टार फेस्टिभल भनेर मनाउने चलन चलि आएको छ।सात महीनाको सातौं दिन केटाकेटीहरूले ताराहरूलाई प्रार्थना गरी आफ्नो मनमा लागेको कुरा कागजमा लेखि आ-आफ्नो बिष्वास अनुसार प्रार्थना गर्ने गर्छन्।

यो नै तानाबाता माचुरि हो ।त्यो कागजमा लेखिएको お願いごとत्यहि रूखमा झुड्याएर राखिएको हन्छ। जापानको अरू प्रान्तमा भने जुलाईदेखि अगष्ट महिनाको बीचमा जुनसुकै दिन यो फेस्टिभल मनाईने चलन भएता पनि टोकियोमा भने परापूर्ब कालदेखि जुलाई महीनाको ७ तारिखमा नै मनाउने चलन रहीआएको छ।यो फेस्टिभल सकिएपछि प्राय: जुलाईको ९ तारिख अर्थात दुई दिनपछि नजिकै रहेको जिन्जा 神社मा लगि पूजाआजा गरी त्यो तानाबातालाई बिसर्जन गरिने चलन छ ।

-गृष्मा पौड्याल
टोकियो जापान

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }