शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाले लुटेको सपना


  • गृष्मा पौड्याल टोकियो जापान
  • मङ्लबार, साउन १९, २०७८
  • 1.0K
    SHARES

मेरा पनि अनेकौं खाले सपना थिए बाबा, अनेकौं खाले सपना ।
कुनै ठूला ठूला सपना त,कुनै साना साना सपना ।
कुनै छिट्टै पुरा हुने सपना त,
कुनै अधुरै रही रहने सपना ।

सानो हॅुदा बुवा जस्तै मयलपोस,सुरूवाल र ढाका टोपी लाएर
अफिस जाने सपना
अनि
अल्लि ठूलो हॅुदा आमा जस्तै सजिएर, कपाल जुरो बनाएर, मोटरसाइकल चढि माईती गएको सपना
अझै
ठूलो हॅुदा स्कुल गएर, कक्षामा पहिलो बनेर गुरूहरूको थुप्रो थुप्रो स्बायासि पाउने सपना

कहिले काहीं अझै राम्री हॅुदा, केटा साथीसॅग मोटर साईकलमा नगरकोट घुम्न गएको सपना !
त्यसपछि २५ बर्षको हॅुदा बेहुली भएर रॅुदै लोग्नेको घर गएको सपना ।

भोलि पल्टै दॅग परेर श्रिमानको हात समांउॅदै, हॅास्दै माईती आएको सपना ।
अहिले त कोरोनाले सपना पनि देख्न दिंदैन बाबा सपना पनि देख्न ।।

त्यसको दुई चार बर्ष पछि बैनीहरूलाई घर गरिखान गाह्रो हुन्छ केटी हो भनि अर्तिबुद्धि दिएको सपना

कहिले रॅुदै आमासॅग सासू र नन्दको कुरा काटेको सपना ।

कहिले एउटा राम्रो चिटिक्क परेको दुई तल्ले घर बनाएर टोलेहरूलाई धाक रवाफ देखाउने सपना

कहिले श्रीमानलाई घुर्कि देखाएर
दुई महीना माईती जान्छु, लिन नआएसम्म फर्केर पनि आउॅदिन भन्दै स्कुटरमा माईती फर्केको सपना ।
अनि
अनि
कहिले ठूला ठूला माइक समातेर भाषण गर्दै मन्त्री बनेको सपना ।

कहिले सुकुम्बिबासिलाई घर बॅाडेको सपना ।
कहिले त्यही सुकुम्बासिलाई फकाई फुल्याई भोट माग्दै हिंडेको सपना ।
अहिले त कोरोनाले सपना पनि देख्न दिएन बाबा सपना पनि देख्न ।।

कहिले नग्नहरुलाई एक टुक्रा कपास पाउॅदाको खुसी अडकल्ने मेसिन बनाएको सपना ।
कहिले “म” जस्तो फिरन्तेलाई बृटिश पासपोर्ट बोकेको सपना । र
कहिले चन्द्रमामा एक टुक्रा जग्गा किनी डाहाडे शहरबाट टाढा भएको सपना ! अनि
कहिले, देशको राष्ट्रपति बनि ठूला ठूला पत्रकार सम्मेलनम्मा बोल्दै गरेको सपना अनि
यो सानो सुन्दर देस नेपाललाई
स्विजरल्याण्ड जस्तै बनाउन नक्शा कोर्दै गरेको सपना, त
कहिले आफ्नो देसलाई स्वर्ग बनाउन अमेरीकालाई लिजमा दिंदै गरेको सपना ।

अब हामी कुन चाहिं सपना देख्ने बाबा ?
अब हामी कुन चाहिं सपना देख्ने ?
यो पापी कोरोनाले अहिले त सपना पनि देख्न दिंदैन बाबा
अहिले त सपना पनि देख्न दिदैंन !!

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }