मङ्लबार, जेष्ठ १, २०८१

हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, पौने १८ अर्बको शेयर कारोबार


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २६, २०७८
  • 255
    SHARES

२६ साउन, काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । लगाताल उच्च विन्दु बनाउँदै आएको शेयर बजार आज ३१६१.४४ विन्दुमा रोकिएको छ । नेप्से परिसूचक आज ५१.८६ अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम बढ्दै गएको छ । आज २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज करोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा हाइड्रोपावर १०.०८ प्रतिशत, ०.२४ प्रतिशत र उद्योग समूह १.६६ प्रतिशत रहेको छ ।

आज सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । फाइनान्स समूहको परिसूचक ६.७८ प्रतिशतले वृद्धि भएको छ ।
आज ११ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }