मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने : अर्थमन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २६, २०७८
  • 240
    SHARES

काठमाडौँ, २६ साउन 
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट आएको चालु आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाका बारेमा जानकारी दिइएको बताउनुुभयो ।

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचक के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको र यो कोही कसैप्रति परिलक्षित नभएको उहाँले उल्लेख गर्नुभयो । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयो । “सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड(१९ महामारीको कारण सिर्जित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु”, उहाँले भन्नुभयो ।

कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ ले पहिलो र २६ लाख छ हजार ४६ ले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो । साथै उहाँले हालसम्म करिब एक करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड १९ महामारीले पुनः शिथिल बन्न पुगेको जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }