मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा बेथिती देखियो


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 327
    SHARES

२७ साउन, काठमाडौं । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा बेथिती देखिएको अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संसद्मा प्रस्तुत गरेको ‘श्वेतपत्र’मा औंल्याइएको छ । आयोजना कार्यान्वयमा रहेका कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित प्रगति हुन नसकेको विषयलाई मुलुकको वर्तमान आर्थिक स्थितिबारे यर्थाथपत्रले उल्लेख गरेको हो ।

माथिल्लो तामाकोशीजस्तो बहुप्रतिक्षित आयोजना उद्घाटनपछि तत्काल बन्द गर्नुपरेको विषयले सोही कमजोरीलाई झल्काएको छ । सम्भावित समस्याको सही विश्लेषण नहुँदा मेलम्ची खानेपानी आयोजनाजस्तो राष्ट्रिय महत्वको आयोजनामा प्रतिकूल प्रभाव परेको श्वेतपत्रमा भनिएको छ । हाल २२ वटा राष्ट्रिय गौरवका र १८ वटा रुपान्तरणकारी आयोजना सञ्चालित छन् । आयोजना कार्यान्वयनमा समस्याको निरन्तरता देखिए पनि समाधानको सार्थक प्रयत्न हुन सकेको छैन ।

वित्तीय प्रगतिको हिसाबले आव २०७७÷७८ मा गौरवका आयोजनामा कुल विनियोजित मध्ये ५८ प्रतिशत मात्रै खर्च भएको छ । केही आयोजनामा त खर्चको मात्रा असाध्यै न्यून रहेको छ । कुनै पनि आयोजना पूर्व निर्धारित समय, लागत तथा गुणस्तरमा सम्पन्न हुन सकेका छैनन् । सोही कारण अपेक्षित लाभसमेत हासिल हुन सकेको छैन ।

यर्थाथपत्रमा उल्लेख भएअनुसार कोरोना महामारीका कारण गरिबी र बेरोजगारीको संख्या थप बढ्ने देखिएको छ । मुलुकमा १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको र कोरोनाले त्यसमा तीनदेखि चार प्रतिशत थप वृद्धि भएको प्रारम्भिक अनुमान छ । कोरोनाले सबैभन्दा बढी मारमा गरिब र सीमान्तकृत समूह नै सबैभन्दा बढी जोखिममा परेका छन् ।

आर्थिक नीति गरिब तथा सीमान्तकृत समूह केन्द्रित हुन नसकेका कारण तथा आर्थिक वृद्धिदरको तुलनामा पूँजीमा आधारित आयको प्रतिफल दर उच्च रहेकाले आर्थिक असमानता बढ्दै गएको आकलन गर्न सकिने यथार्थपत्रको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }