२८ साउन, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार छापा मारेको छ ।
प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो ।
अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात लिएको हो । अख्तियारको इटहरीस्थित कार्यालयले समन्वय गरिरहेको छ ।