सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्छ : राज्यमन्त्री श्रेष्ठ


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 199
    SHARES

२८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिनुभयो।

अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले खोपलाई अभियानका रुपमा प्रत्येक दिन १ लाख ५० हजारदेखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्तसम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ । खोपको सुनिश्चित भएसँगै ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम राखिएको छ ।’

सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने पनि उहाँले बताउनुभयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }