सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 290
    SHARES

२८ साउन, काठमाडौं । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अतहर कमाल मुलसमानले विगतमा ओली सरकारले बालुवाटार र भैसिपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गर्दै कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाइृ लालपुर्जा वितरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेसले गरिब जनतालाई लालपुर्जा वितरण गर्न खोजेको हो । बालुवाटार र भैसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको होइन । यदी लालपुर्जा बालुवाटार र भैसेपाटीसम्म पु¥याउने हो भने पुरानो सुकुम्बासी आयोग जिवित राखे हुन्छ । गरिब सुकुम्बासीलाई दिने हो भने नयाँ आयोग गठन गरेर नयाँ तरिकाले गर्नुपर्छ ।’

सांसद आशाकुमारी बि.क.ले जनप्रतिनिधिको आर्थिक अवस्थामा दिन प्रतिदिन परिवर्तन हुन थालेको भन्दै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘स्थानीय जनप्रतिनिधि, प्रदेश जनप्रतिनिधि र संघका जनप्रतिनिधिको सम्पति छानविन गरोस् भन्दै जोडदार माग गर्दछु ।’

सांसद उमा रेग्मीले असार लागेपछि मात्रै विकास निर्माणको काम गर्ने र बाढीले बगाउने गरेको भन्दै समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने बताउनुभयो । जेठ १५ मा बजेट घोषणा भएपछि चालु आर्थिक वर्षको काम गर्न नपाइने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘समयमा काम नगर्ने ठेकदारलाई पनि कारबाहीको व्यवस्था हुनुप¥यो । र जेठ १५ मा बजेट आइसकेपछि बन्द गर्नुप¥यो जेठ १५ भन्दा पछाडी । जेठ १५ सम्म जति काम भयो , भयो । नभएकोलाई बन्द गर्नुप¥यो, यो व्यवस्था हुनु¥यो ।’

सांसद कल्याणी कुमारी खड्काले रौतहटको श्रीराम सुगर मिलले ३०३ जना मजदुरलाई कानून बमोजिम तलब नदिएको भन्दै तलव दिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘रौतहटको श्रीराम सुगर मिलले ३०३ मजदुरहरुलाई कानून बमोजिमको तलव सुविधा नदिएको । मजदुरहरुको तलव, भत्ता, सञ्चयकोष लगायत बाँकी रकम यथाशिघ्र दिलाउन सरकार सँग माग गर्दछु ।’

सांसद कृष्णभक्त पोखरेलले नागरिकता सम्बन्धी विधेयक तत्काल ल्याउन माग गर्नुभयो ।

सांसद केदार सिग्देलले यही आर्थिक वर्षभित्र भुमिहिन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद खगराज अधिकारीले अपगानिस्तानमा नेपाली अलपत्र परेको भन्दै उनीहरुलाई सुरक्षित रुपमा नेपाल भित्राउन सरकारसँग माग गर्नुभयो । नेपालीलाई नेपाल नर्फकाएसम्म सरकारलाई काम गर्न नदिने पनि उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – ‘अफगानिस्तानमा नेपालीहरु आर्तनाद गरिरहेका छन् । ति नेपालीहरुलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन ? निकम्मा सरकारले गर्न सक्छ कि सक्दैन, नेपालीको जिउ ज्यान जोगाउन सक्छ कि सक्दैन, तुरुन्त नेपालीहरुलाई अफगानिस्तानबाट रेस्क्यु गरेर ल्याउने काम प्रारम्भ गरोस् । होइन भने यो सरकार नालायक छ भनेर हामी यो संसदमा जोडदार माग गर्न चाहान्छौँ । सरकारलाई काम गर्न दिदैनौँ । नेपाली नर्फकाउञ्जेल संसदमा सरकारले काम गर्न सक्ने छैन । उनीहरुलाई अविलम्ब नेपालमा सुरक्षित अवतरण गरोस् ।’

सांसद खेम प्रसाद लोहनीले बुढीगण्डकी जलविद्युत आयोजको डुबान प्रभावितहरुलाई क्षतिपुर्ति दिन सरकारसँग माग गर्नुभयो ।

सांसद गजेन्द्र बहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गर्नुभयो । सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गर्नुभयो । डुबेका नेपाल एयरलाइन्स् लगायतका संस्थानतर्फपनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘पुरानो सरकारले हनुमान मात्रै देख्यो । नेपाल सरकारले कुलमान मात्रै देख्यो । एउटा सरकारले हनुमान बाहेक अरु नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरु नदेख्ने । यसको मतलव मैले कुलमानलाई हनुमान सँग दाँजेको होईन , हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुँजाधुँजा पारिहाले । पाँच महिनाको तलव एकैपटक हाजिर नभएका मान्छेलाई कर्मचारीले खुवाइरहेका छन् । कुलमानले विद्युत प्राधिकरणलाई फाइदामै ल्याएका छन् । तर कुलमान बाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? विद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स् छैन ? अरु संस्थानहरु डुबेका छैनन् ? खालि किन कुलमान मात्रै ?’

सांसद गणेशकुमार पहाडीले वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपालको भन्न नसकेर समस्याको रुपमा उल्लेख गरेको भन्दै सरकारले कुटनीतिक पहल गर्न खुट्टा कमाएको बताउनुभयो ।

सांसद गणेश सिंह ठगुन्नाले दार्चुलामा महाकाली नदीमा खसेर बेपत्ता जयसिंह धामी प्रकरणको प्रतिवेदन छिट्टै सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद गोपाल बहादुर बमले मुगुमा जिल्ला कारागार सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

सांसद जीवनराम श्रेष्ठले मेलम्ची खानेपानी आयोजना अवरुद्ध भएपछि काठमाडौंमा खानेपानी समस्या भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }