मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल व्यवस्थापन संघद्धारा “व्यवस्थापन जर्नल” सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 467
    SHARES

काठमाडौं, २९ साउन
नेपालका व्यवस्थापक, प्रशासक, प्राज्ञिक वर्ग, अनुसन्धानकर्ता, बैंकर्स तथा समग्र व्यवस्थापकियय क्षेत्रको साझा संगठनको रुपमागौरवमय ४२ बर्षको इतिहास वोकेको नेपाल व्यवस्थापन संघले हरके बर्ष कुनै निश्चित विषयमा आधारित खोज तथा अनुसन्धान मुलक जानकारी समेटेर प्रकाशन नगर्दे आएको “व्यवस्थापन जर्नल”को ४० औं अंकआज सार्वजनिक गरिएको छ ।

अनलाइन माध्यमबाट सञ्चालित एक समारोहकाविच संघका पूर्व सभापति तथा नेपालका प्रसिद्ध भौतिक शास्त्री इञ्जिनियर अजित नारायण सिंह थापाले एक समारोहका विच व्यवस्थापन जर्नल सार्वजनिक गर्नु भएको हो ।

यस बर्षको जर्नलको “Economic Revival after COVID: Clear Roadmap for Bounce Back Schemes”रहेको छ ।

यस पटकको जर्नलमा ११७ पेजमा समेटीने गरी अनुसन्धान मुलक विषयमा आधारित १४ वटा लेख रचनाहरु समेटिएका छन ।

४० औं अंकको रुपमा प्रकाशित व्यवस्थापन जर्नलको मुख्य सम्पादकको भूमिका यस बर्ष डा. हिरामणी घिमीरेले निर्वाह गर्नु भएको थियो ।

आजको कार्यक्रममा सम्पादकिय भूमिका निर्वाह गर्दा पछिल्लो समयमा कोरोनाका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव र यसको पुनरुत्थानमा कसरी स्पष्ट मार्गचित्र तय गर्न सकिन्छ भन्ने सन्दर्भमा जोड दिइएको प्रमुख सम्पादक डा. घिमिरेले जानकारी गराउनु भयो ।

यसैगरी जर्नलमा समेटिएका विषयवस्तुकाबारेमा संक्षिप्त विश्लेषण पेश गर्दे डा. दिल प्रसाद श्रेष्ठले नेपाल व्यवस्थापन संघ जस्तो गरिमामय संस्थाले उच्च स्तरिय विषयवस्तुमा जोड दिनु पर्ने वताउनु भयो । उहाँले संघको पहलमा प्रकाशित जर्नल आइएसएस एन प्राप्त जर्नल भएकाले यसमा समेटिने विषयवस्तुको गुणस्तर निर्धारणमा कत्ति पनि कञ्चुस्याइ गर्न नहुने पुनः दोहोर्याउनु भयो ।

जर्नल सार्वजनिक कार्यक्रममा नेपाल व्यवस्थापन संघका वर्तमान सभापति तथा राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अध्यक्षता गर्दे संघले सञ्चालन गरिरहेको विविध गतिविधिहरुका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका निर्देशक तथा संघका प्रथम उप सभापति राजन विक्रम थापाले सहजीकरण गर्नु भएको थियो ।
हरेक बर्ष संघले व्यवस्थापकीय तथा अर्थशास्त्रीय दृष्टिकोणले बर्ष भरिकै महत्वपूर्ण तथा खास खास विषयमा व्यवस्थापन क्षेत्रका प्रभुद्ध व्यक्तित्व, अनुसन्धानकर्ता, प्राज्ञ आदीवाट प्राप्त विषय वस्तुहरुलाई व्यवस्थापन जर्नलमा प्रकाशन गर्दे आएको छ । नेपाल व्यवस्थापन संघ मुलुकभरी व्यवस्थापन विज्ञानको उपयोग गर्दे उक्त शिपलाई मुलुकको व्यवस्थापकिय सम्वृद्धिमा परिचालन गर्न गैर नाफामुखी, गैर राजनीतिक विशुद्ध वौद्धिक क्रियाकलापहरुको प्रयोगशालाको रुपमा २०३५ सालमा स्थापित संस्थाहो ।

संघले विविध क्षेत्रमा तालिम, अनुसन्धान तथा व्यवस्थापकिय विकासमा अनवरत रुपमा सक्रिय भूमीका निर्वाह गर्दे आएको छ । यसका साथै संघले मुलुकुको नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीतिआदिमा विशेषज्ञिय भूमिका निर्वाह गर्दे आएको छ । संघले विभिन्न पेशामा व्यस्त व्यक्तिहरुलाई लक्ष्यित गरी सन् २००६ देखी दुई बर्षिय ईएमबिए कार्यक्रम सञ्चालनगर्दे आएको छ ।
हाल संघमा करिव ३ हजार आजिवन तथा साधारण सदस्य, करिव ३ सय संस्थागत सदस्य र संघको विराटनगर, धनगढी र पोखरामा प्रदेश स्तरिय शाखाहरु रहेका छन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }