बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दर्भ : भारतीय स्वतन्त्रता दिवस

भारतको ७५ औँ स्वतन्त्रता दिवस : नेपालको प्रगतिमा भारतीय साझेदारी


  • अच्युत रेग्मी
  • आइतवार, साउन ३१, २०७८
  • 582
    SHARES

काठमाडौँ, ३१ साउन । भारतले आज ७५ औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाईरहेको छ ।

भारतले ७५ औँ स्वतन्त्रता दिवस मनाईँरहँदा नेपालमा पनि यसको रौनक छाएको छ । नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेको र नेपालमा धेरै भारतीय मूलका बासिन्दा बसोबास गर्ने भएकाले पनि नेपालमा समेत भारतीय स्वतन्त्रता दिवसको विशेष महत्व रहेको हो ।

आफ्नो छिमेकी मुलुक भएको हिसाबले नेपालको प्रगतिमा भारतको साथ र सहयोग रहँदै आएको छ । विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुगेको संरचना पुननिर्माणका लागि भारतले ठूलो सहयोग गरेको पाइन्छ ।

गोरखा र नुवाकोट जिल्लाका लाभग्राहीका लागि ५० हजार निजी आवास निर्माणका लागि भारतले १० करोड अमेरिकी डलर अनुदान सहयोग गरेर ४८ हजार ५०० घर निर्माण सम्पन्नमा सहयोग पु¥याएको छ । यस्तै, भूकम्पपछिको पुननिर्माणका लागि भारतले उपलब्ध गराएको ५ करोड अमेरिकी डलर अनुदान सहयोगमा ७० वटा विद्यालयमध्ये १४ वटा विद्यालयको भवन निर्माण सम्पन्न गरेको छ ।

भारतले भूकम्पले क्षति पु¥याएको स्वास्थ्य संस्थालाई पुननिर्माण गर्नका लागि ५ करोड अमेरिकी डलर सहयोग गरेको थियो । उक्त सहयोग रकमले १४७ वटा स्वास्थ्य संस्था निर्माण हुनेछन् । यस्तै, ५ करोड अमेरिकी डलरको सहयोगमा नेपालका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण तथा पुननिर्माण हुँदैछन् ।

यस्तै, नेपालको विकासलाई थप सहयोग पु¥याउनका लागि भारत सरकारले विरगञ्ज, विराटनगर र नेपालगञ्जमा एकीकृत जाँच चौकी स्थापना गरेको छ । दुईवटा रेल सेट नेपाल आयात गर्नुका साथै स्वास्थ्य, शिक्षा, खानेपानी, लघुजलविद्युत परियोजना र सडक पूर्वाधार विकासका लागि रु नौ अर्ब १३ करोड लागतमा ४५४ भन्दा बढी परियोजना सम्पन्न गरिसकेको छ ।

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पदार्थ पाइपलाइन, नेपाल भारत अन्तरदेशीय प्रशारण लाईन, तराईका सडक कालोपत्रे तथा उद्घाटन, नेपालका ग्रामीण भेगमा एम्बुलेन्स तथा स्कूल बस हस्तान्तरण, जयनगर–कुर्था अन्तरदेशीय रेल सञ्जालमा समेत सहयोग गरेको छ ।

नेपालमा मानव संशाधन विकासका लागि भारतले पु¥याएको योगदान भारत– नेपाल सहकार्यको एउटा महत्वपूर्ण पक्ष भएको बताउँदै भारत सरकारले हरेक वर्ष तीन हजार जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । कक्षा ११ र १२ अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई महात्मा गान्धी छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दुई हजारवटा छात्रवृत्ति प्रदान गर्दै आएको नेपालका लागि भारतीय राजदूतावासले जनाएको छ ।

यस्तै भारतले रक्षा सहकार्यलाई समेत प्राथमिकतामा राखेको छ । यो वर्ष कोभिड १९ को महामारी विरुद्ध लड्न भारतीय सेनाद्धारा नेपाली सेनालाई एम्बुलेन्स, आईसीयु, भेन्टिलेटर, आईसीयु बेड, पीपीई किट, पिसिआर परिक्षण सामाग्री र खोप प्रदान गरेको थियो ।

भारतले ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा ‘आजादीका अमृत महोत्सव’लाई अगाडि सारेको छ । प्रगतिशील भारतको ७५ वर्ष र भारतवासीको गौरवमय इतिहास, संस्कृति र उपलब्धीको सम्झना एवं उत्सव मनाउने हेतुले भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अभियानलाई अगाडि सारेको हो ।

भारतलाई वर्तमान अवस्थासम्म ल्याउन अहम भूमिका खेलेका र आत्मानिर्भर भारतको अवधारणालाई साकार पार्दै नयाँ भारत निर्माण गर्ने लक्ष्य राखेका सबै भारतीयलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }