बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय गलत : रामबहादुर बिष्ट


  • माउन्टेन खबर
  • सोमवार, साउन ३२, २०७८
  • 431
    SHARES

३२ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतिमा सार्ने निर्णय गलत रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतिमा केपी शमौ ओली सरकारको निर्णय गलत रहेको बताउनुभएको हो । उहाँले पनौतिमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि भएको बताउनुभयो । भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैँ बनाउने भनेको २६ वर्ष भएको भन्दै उहाँले यो भारतको हस्तक्षेपकारी सोच भएकोले अवरुद्ध भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतिमा केपी शमौ ओली सरकारको निर्णय सरासर गलत छ, पनौतिमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि बनाउने भनिएको थियो, भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैँ बनाउने भनेको २६ वर्ष भयो, यो भारतको हस्तक्षेपकारी सोच भएकोले अवरुद्ध भइरहेको छ ।”

उहाँले राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान एकेडेमी बलमिचाइमा परेको बताउनुभयो । एकेडेमी सार्नुपर्ने कारण राष्ट्रपतिलाई विदेश जाँदा हेलिकप्टर प्रयोग गरेर एयरपोर्टसम्म जानुपर्ने, प्रहरीले तालिम गर्दा हल्ला हुने भएकोले शान्त वातावरण बनाउनका लागि, टहल्नका लागि सुन्दर बगैँचा बनाउन र गाडी पार्किङ गर्नका लागि सार्न लागिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }