मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बहुमत प्राप्त प्रधानमन्त्रीलाई हेप्ने काम नगर्न जसपा नेता यादवको चेतावनी


  • माउन्टेन खबर
  • सोमवार, साउन ३२, २०७८
  • 792
    SHARES

३२ साउन, काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिनु भएको छ ।

सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमतसावित गराउनु भएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताउनु भयो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् । अव यो गठबन्धन सरकार १८ महिनाको मात्रै होईन्, आगामी निर्वाचन पछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दावा हो ।’

सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दावी समेत गर्नु भयो । उहाँले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्दार गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले भनेर होईन् तत्काल उद्दार गरेर अफगानिस्तानमा रहेका नेपालीहरुको जीवन सुरक्षा गर्नुपर्ने सांसद यादवको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }