मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै हितेन्द्रमान शाक्य सर्वोच्च पुगे


  • माउन्टेन खबर
  • सोमवार, साउन ३२, २०७८
  • 347
    SHARES

३२ साउन, काठमाडौं । हितेन्द्रमान शाक्यले आफूलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै सर्वोच्चमा रिट दायर गर्नुभएको छ।

शाक्यले आफूलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणमा लैजाने निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको हो।

शाक्यले दायर गरेको रिट निवेदनमा भनिएको छ, ‘…मेरो पुर्व सहमती वेगर मलाई विपक्षी जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा सरुवा र नियुक्त गर्ने मिति २०७८/४/२५ को नेपालसरकार मन्त्रि परिषदको निर्णय, मेरो पदस्थापना कायमनै रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई दोहोरो नियुक्ति दिने नेपाल सरकार मन्त्री परिषदको निर्णय र निजलाई नियुक्ती दिने लगायत विपक्षीहरुवाट भए गरेको सबै काम कारवाही तथा पत्राचार समेत नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी पाउ र मलाई साविक बमोजिमको पदमा यथावत रुपमा काममा लगाउनु सो काममा पुर्ण सहयोग गर्नु भनी विपक्षीहरुको नाममा परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाऊ।’

सरकारले साउन २५ गते शाक्यलाई उर्जा आयोगको विज्ञमा रुपमा सरुवा गरेर घिसिङलाई प्राधिरणमा नियुक्त गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }