बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १, २०७८
  • 460
    SHARES

काठमाडौँ । नेकपा एमालेले आज (मंगलबार) स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।

आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक बस्ने जनाइएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गर्नुभएको छ । यससँगै सरकारले दल विभाजसम्बन्धी अध्यादेश ल्याउने आशंका गर्दै एमालेले छलफलका लागि ती बैठकहरु बोलाएको हो ।

पार्टीको विवाद अन्त्य गरेर एकता गर्न प्रयासरत एमालेको आजका दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । तर नेपाल पक्ष सहभागी हुने या नहुनेबारे केही खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }