सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ४, २०७८
  • 736
    SHARES

४ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियानको सञ्चालन गर्नेभएको छ ।

शुक्रबार सुर्खेतमा एक महिला शिविर सञ्चालन गर्दै बैंकले उक्त अभियानको थालनी गरेको हो। बैंकले महिलाहरुलाई शारीरिकरुपमा सशक्त बनाउने उद्देश्यले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा उक्त अभियान चलाएको छ। यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि ‘मेरी उनीलाई मुद्धती बचत खाता’ संचालनमा ल्याएको थियो।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }