सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योगी व्यवसायीलाई कोभिड विरूद्धको खोप


  • माउन्टेन खबर
  • शनिबार, भदौ ५, २०७८
  • 544
    SHARES

काठमाडौं, ५ भदौ 

स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकूमा उद्योगी व्यवसायीहरूका लागि कोभिड विरूद्धको खोप लगाइएको छ । महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट भदौ ४ गते शुक्रबार खोप कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा महासंघका सदस्य संघ संस्थामा आवद्ध उद्यमी व्यवसायीहरू, कामदार कर्मचारीहरू तथा परिवारजनलाई खोप दिइएको थियो । उक्त कार्यक्रममा करिव ६ सय जनाले भेरोशिल खोप लगाएका छन् । सरकारको स्वास्थ्य मापदण्ड पुुरा गरी संचालन गरिएको खोप कार्यक्रम सांझ ४ बजेसम्म चलेको थियो ।

खोप कार्यक्रमको शुुभारम्भ महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरन्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा शीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए ।

संघीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिड विरूद्धको खोप उपलब्ध गराए जस्तै सबै प्रदेश सरकारहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासंघ सम्बन्धित प्रदेश सरकारहरूसँग अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }