सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारबाट स्वीकृत नलिइ नापतौल विभागले गर्यो जथाभावी खर्च


  • माउन्टेन खबर
  • सोमवार, भदौ ७, २०७८
  • 498
    SHARES

७ भदौ, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृति नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विगत सात÷आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडाशैनीले २०७४ सालदेखि ओजोनतर्फ तलब, इन्धन, वर्कसप र अध्ययन तथा आर्जन दिवसलगायतका शीर्षकमा स्वीकृतिविना खर्च गरेको बताइएको छ ।

विभागले ओजोन कार्यक्रमका लागि २०७४ मा रु ७१ लाख २६ हजार २०७५ मा रु ५८ लाख ८९ हजार र २०७७ मा रु ५८ लाख ८९ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले तालुक निकायबाट स्वीकृत नभएका कारण औँल्याएको छ । उता विभागको लेखा शाखाले पनि आव २०७७÷०७८ मा ओजोन तह कार्यक्रम सञ्चालन गरेको तर स्वीकृत नभएको जनाएको छ ।

नेपाल सरकारलाई प्राथमिक वैदेशिक सहायता रकम राष्ट्रिय बजेट प्रणालीमा आबद्ध गरी स्वीकृत कार्यक्रमअनुरुप सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था छ । आन्तरिक र अन्तिम लेखा परीक्षण गर्ने निकायबाट नियमानुसार कार्यक्रम स्वीकृत नगरी खर्च गरेको भनी विगतका वर्षदेखि वार्षिकरुपमा कूल वार्षिक खर्च रकम नै बेरुजु कायम गरिएको तथ्य अभिलेखबाट पुष्टि भइसकेको विभागको लेखा शाखाले जनाएको छ । विभागअन्तर्गतका ल्याबको अवस्था पनि नाजुक रहेको प्राविधिक बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }