सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बजार खुलेको पहिलो दिन ५६ अंकले घट्यो सेयर बजार


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ८, २०७८
  • 649
    SHARES

८ भदौ, काठमाडौं । केही दिनदेखि नयाँ नयाँ किर्तिमान बनाउदै आएको शेयर बजार मंगलबार भने ५६ अंकले घटेको छ ।

यो साता खुलेको पहिलो दिन परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । यस दिन कुल १६ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि गत बिहीबार २० अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

फाइनान्स र निर्जीवन बीमा समूह मात्रै बढेका छन्। फाइनान्स ४५, निर्जीवन बीमा ११२ अंकले बढे। बैंकिङ १९, ब्यापार ६२, होटल तथा पर्यटन १७, विकास बैंक २४३, जलविद्युत २३२, उत्पादन १५७, अन्य ३०, माइक्रोफाइनान्स ३१, जीवन बीमा १४३ र लगानी समूह ५ अंकले घटे।

यस दिन जम्मा ३३ कम्पनीको मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रह्यो।

आज १९ कम्पनीको मूल्य भने १० प्रतिशतले घटेको छ। नेसनल हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, नेपाल हाइड्रो, कालिका पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रो, रुरु जलविद्युतको मूल्य १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }