शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कस्तो इतिहास लेख्न चाहन्थे बीपी?


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 785
    SHARES

१८ असोज, काठमाडौं । नेपाली राजनीतिमा सर्वाधिक उचो कद वनाउन सफल नेता बीपीलाई आफू जिति छदै कांग्रेसको इतिहास लेखि सक्ने चाहना थियो । राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाउनु भएका कांग्रेसको इतिहास लेख्न नपाउदै परलोक हुनु भयो । यस्तै धेरै किताब लेख्ने चाहना राख्दा राख्दै बीपीको जीवन सकियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बीपीको परिवारले १२ वर्ष भारत प्रवासमा विताउनु प¥यो । अंग्रेज विरुद्व महात्मा गान्धीले चलाएको स्वतन्त्रता आन्दोलनले गति लिइरहदा बीपीको राजनीतिक प्रशिक्षण शुरु भयो ।

भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिदैन भन्ने बीपीको वुझाई थियो । स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उहाँले तीन वर्ष भारतीय जेलमा विताउनु भयो । आफू रिहा भएकै दिन बीपीले यता काठमाडौंमा राणाहरुले वन्दी वनाएका पिताजीको मृत्युको खवर सुन्नु प¥यो । यो घटनाले उहाँलाई राजनीति गर्न झनै प्ररित बनायो अनी २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणा विरुद्व आन्दोलनको योजना वनाउनु भयो । राजनैतिक रुपमा बिभिन्न उतारचढाव खेपेका बिपिलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल वन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उहाँबाट यति धेरै कृति लेख्न सम्भव थिएन । राजनीतिमा बीपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कृति उहाँ सुन्दरीजल वन्दीगृहमा रहँदाकै उपलव्धी हुन् ।

(बीपीले लेखेका पुस्तकहरु)

बीपी आफ्नो डायरीमा लेख्नु हुन्छ । (बीपीले लेख्न चाहेका पुस्तकहरु बारे स्वरांकन गरिएको)

सेप्टेम्बर १८, १९६२ (२०१९ असोज २)

मैले जीवनका ४८ वर्ष पूरा गरे । तर पनि कुनै विशेष उपलव्धी आर्जन गर्न सकेको छैन । मैले कारागारमा यी पुस्तकहरू लेख्नु छ ः

१९५० को आन्दोलन

शाह

नेपालको इतिहास

समाजवाद

शैलजा

उपन्यास

सुशीला

विज्ञानमाथि पुस्तक

प्रकाश

कला

श्रीहर्ष

परीकथा

सशाङक र बहिनी

साहित्य

कुन्दन

विश्वको इतिहास

आत्मवृत्तान्त

बीपीका प्रकाशित यी कृतिहरु पाठकले सर्वाधिक रुचाएका किताबको सूचिमा छन् ।

मेरो कथा

आत्मवृत्तान्त

जेल जर्नल

फेरी सुन्दरी जल

मोदी आईन

नरेन्द्र दाई

हिटलर र यहुदी

सुम्निमा

दोषी चम्मा

बाबु आमा र छोरा

श्वेत भैरवी

राणाकालमै बीपी क्यान्सर पिडीत हुनुहुन्थ्यो । बम्वईमा उपचार गराएर फर्किए पछिका दिनमा राजनीतिक सकृयता यति वढ्यो की लेखनलाई समय दिनै पाउनु भएन । गृहमन्त्री भएसंगै वढेको राजनीतिक सकृयता प्रधानमन्त्री भएर अपदस्त नहँुदासम्म कायमै रह्यो । सुन्दरीजलमा वन्दी हँुदा लेखेका प्राय कृति प्रकाशित छन् ।

बीपी पुत्र

२०२५ सालमा सुन्दरीजलवाट छुटेको केही समय पछि नेपालमा वसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उहाँ भारत प्रवास जानु भयो । आठ वर्ष प्रवासमा रहेर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि सशष्त्र क्रान्ति चलाउनुभयो ।

जहाज अपहरण

ओखलढुंगा काण्ड

भारतमा संकटकाल

नेपालमा राजा महेन्द्रको निधन

नयाँ राजा वीरेन्द्रको सत्तारोहण

पूर्वी पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र बंगलादेशको निर्माण

सिक्किमको भारतमा विलय

सन् १९७० को दशकमा सिंगो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता र अनी भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले बीपीलाई चिन्तित बनाई रहेको थियो । तिनै ताका भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सिमा भन्दा पचास माइल पर सिमित गर्न आदेश दियो । त्यति मात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण वनाउन सकिन्छ कि भनेर प्रवास गएका बीपीलाई कुनै गतिविधि बन्देज लगाउन थालियो ।

ति दिन यता नेपालको अदालतमा बीपी विरुद्व जहाज अपहरण गरेको, ओखलढुंगा कव्जाका लागि सैन्य दस्ता पठाएको लगायत आठ वटा राजकाज मुद्वा विचाराधिन थिए । सबै मुद्वामा मृत्युदण्ड मागदावी गरिएको थियो ।

पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक सँगको लामो छलफल पछि बीपी राष्ट्रि«य एकता तथा मेलमिलापको नीति सहित २०३३ साल पुष १६ गते स्वदेश फर्किने निष्कर्षमा पुग्नु भयो । पटनाबाट काठमाडौं विमानस्थलमा ओर्लिन नपाउदै छ सहकर्मीका साथ बीपीलाई वन्दी बनाई बनाई फेरी सुन्दरीजलमै पु¥याइयो ।

यसरी बीपीले फेरी लेख्ने समय पाउनु भयो । पर्याप्त समय पाएपनि कागज उपलव्ध नगराउने जेल प्रशासनको निर्णयले उहाँलाई झनै चिन्तित बनायो ।

बीपी आफैले लेख्नु भएको छ । (स्वरांकन गरिएको)

सुन्दरीजल

पृष्ठ ः ४९

८ फेब्रुअरी १९७७ (२०३३ माघ २६)

मैले केही सादा कागज मगाए । उनीहरुले छ पन्ना कागज ल्याए । मैले भने मलाई ६ ताउ अर्थात (६.२४ पन्ना) चाहिन्छ ।

क्याप्टेनले माथिको आदेश सुनायो । सैनिक हेडक्वाटरको विशेष अनुमति विना हामीले लेख्ने कागज पाउने छैनौ रे । जेल प्रशासनको यस्तो व्यवहार देखेर रीस उठ्छ । लेख्ने कागज पाइन भने यहाँ बस्न असैह्य हुने छ । लेख्नलाई पत्रिकाहरु प्रयोग गर्ने गणशमानजी (जीएम)को सल्लाह छ । पत्रिकाहरु काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौ । अनी छापिएका पानाहरुका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौं । सम्भवतः हामीले अव त्यसै गर्नु पर्ने छ ।

९ फेब्रुअरी १९७७ (२०३३ माघ २७)

पढ्ने किताव नभएपनि म आफ्नो जीवनी लेख्न सक्थे । नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लेख्न सक्थे (५०)

जसमा मैले धेरै सकृय र कहिले कहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु । कथाहरु लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका वारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थे । कागज दिइएन र यदी आफैले ल्याउन सकेनौ भने जीवन साच्चिकै अत्यन्त दुष्कर हुने छ । यो एकदम हतासाजनक हुने छ । लेख्नका लागि प्रयोग गर्न भनेर दुई वटा दैनिक पत्रिकाहरु गोर्खापत्र र राइजिङ नेपालका छेउछाउका खाँली ठाँउहरु काटेर राख्न थालेको छु । कागज वचाउनु पर्ने भएकाले साना साना अक्षरमा लेख्ने गर्छु । यसो गर्दा कागजको धेरै ठाउँ खादैन ।

मसंग भएका डटपेनका तीन वटा रिफिल छन् । अहिले प्रयोग गरिरहेको यो कलम सहित एक सिसी मसी पनि छ । यो मसी कति दिनलाई पुग्ने हो थाहा छैन (५१)

११ फेब्रुअरी १९७७ (२०३३ माघ २९)

दिउँसो खाजा खाएपछि समय विताउन साह्रै गाह्रो हुन्छ । एक छिन सुत्न खोजेँ तर सकिनँ । एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न शुरु गर्नु पर्छ भन्ने कुरा मनमा आयो । यतातिर लेखकहरुले दिनु पर्ने जति ध्यान दिएकै छैनन् । मैले लेखिनँ भने अरु कसले लेख्छ र ? त्यसपछि उठे र लेख्न थाले । एक हजार शव्द जति लेखेछु ।

लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरुका एक इञ्च जति चौडा छेउछाउको लामो खाली ठाउँ काटेर रोखेको छु । कागजका यी लामा टुक्राहरुमा नेपाली कांग्रेसको इतिहास लेखिदैछ । लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपर एकदम पातलो हुन्छ । यसमा लेख्न मिल्दैन । त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला । लेख्नमा आफूलाई अभ्यस्त बनाउन सके भने दिमाग खल्वल्याउने खिन्नता हुने छैन (५४)

कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जिवनी लेख्न पनि प्रेरित गरेको छ । सन् १९५०–१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु । यी सबै किताव तीन तीन सय पेजका गरी नौ सय पेजका हुने छन् (५४)

बीपी सुन्दरीजल वन्दीगृहमा छदैको कुरा हो । न्यायाधिस जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उहाँ माथिका आठ वटा राजाकाज मुद्वामा सुनुवाई चलिरहेकै थियो ।

बीपीको स्वास्थ्य विग्रदै थियो । उचारमा संलग्न चिकित्सकहरुले अमेरिका वा वेलायतको कुनै सुविधासम्पन्न अस्पतालमा उपचार नगराउने हो भने बीपीको ज्यान जान सक्ने वा प्यारालाईसिस हुन सक्ने रिर्पोट राजा बीरेन्द्रलाई दिए । यसरी राजाको आदेशमा उपचारका लागि उहाँलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुन वन्दी वनाउने सर्तका साथ ।

तीन महिनाको उपचारपछि पटना हुदै स्वदेश फर्किने वेला बीपीले नेपाली कांग्रेसको सम्मेलन वोलाउनु भयो र त्यही कृष्णप्रसाद भट्टराईलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिनुभयो । काठमाडौं पुग्ना साथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उहाँलाई फेरी बन्दी वनाइयो ।

यस विच विशेष अदालतले अधिकांश मुद्धामा बीपीलाई सफाई दिइ सकेको थियो । २०३६ तिर आईपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो । अनी बीपीसंगको परामर्शमा वहुदल र निर्दल मध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा बीरेन्द्रबाट जनमत संग्रह घोषणा भयो ।

तर पञ्चहरुले धाँधली गरी वहुदल पक्षलाई हराई दिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सहितका आफ्नै सहयात्री, वामपन्थी दल र बौद्विक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बीपी माथि तिव्र दवाव परेको थियो । तर उहाँले जतिसुकै अप्रिय भएपनि स्वीकार्ने मतपरिणाम स्वीकार्ने वक्तव्य जारी गरिदिनु भयो ।

जनमत संग्रहपछिका दिनमा बीपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मवलका भरमा उहाँ वाँचि रहनु भएको थियो । क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि छ महिना भित्र मृत्यु हुन सक्ने निदान चिकित्सकहरुले गरि सकेका थिए । त्यही अवस्थामा बीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासंग आफ्नो जीवनी रेकर्ड गराउन थाल्नु भयो । जुन बीपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ । बाँकी इतिहास सुनाउन नपाउदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा बीपीको निधन भएसंगै कांग्रेसको इतिहास लेख्ने उहाँको सपना पनि साकार हुन पाएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }