आइतवार, बैशाख ३०, २०८१

‘प्रतिपक्षी दलले उठाएको प्रश्नको जवाफ सुन्न चाहँदैनौँ’


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १९, २०७८
  • 261
    SHARES

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको बताउनुभएको हो । सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको उहाँले बताउनुभयो । संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उहाँले बताउनुभयो ।

संसद खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ ।’

उहाँले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रुपमा अगाडी बढाउन आम धारणा बनेको बताउनुभयो । चुनावी परिणाम विभिन्न समुहको मिश्रित रुपमा आएको भन्दै उहाँले यसले पार्टीलाई समुहगत रुपमा पनि सन्तुलित राख्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘रिजेल्ट सबै समुहको आइराखेको छ । एकमात्रको आइराखेको छैन । त्यसकारणले समुहगत रुपमा पनि सन्तुलित रहन्छ । राम्रो अभ्यास भएको छ । प्रजातान्त्रिक अभ्यास सुरु भयो यो राम्रो कुरा हो । यसले पार्टीलाई अझ बढी सक्रिय बनाउँछ र जनताको तहसम्म पार्टी सक्रिय हुन्छ । अब एउटा प्रशिक्षित, शिक्षित र अनुशासित पार्टीको रुपमा अगाडी बढाउनुपर्छ भन्ने आम धारणा तल्लो तहबाट आएको छ । यो चुनावमा त्यो देखिएको छ । यो सकारात्मक कुरा हो । यसले पार्टीलाई अझ सशक्त, सक्रिय र जनताको माझमा जानका लागि प्रेरित गर्छ ।’

त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्धा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताउनुभयो । सर्वदलीय बैठक बसेर संसदको गतिरोधलाई निकास दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उहाँहरुले जुन इस्यु उठाइराख्नु भएको छ त्यो उठाउनु कुनै आवश्यक नै छैन । त्यसले एउटा निकास पाइसकेको अवस्था छ । अब सेफल्याण्डिङ कसरी गर्ने भन्ने उहाँहरु पनि बाटो खोजिराख्नु भएको छ । अब सर्वदलीय बसेर यसलाई निकास दिनुपर्छ ।’

सांसद कडेलले संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताउनुभयो । प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }