आइतवार, बैशाख ३०, २०८१

मन्त्रीको नाम छान्न पौडेल पक्षको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 482
    SHARES

२० असोज, काठमाडौं । सरकारमा मन्त्रीको नाम पठाउन बारे छलफल गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।

प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । बैठकमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }