आइतवार, बैशाख ३०, २०८१

कांग्रेस पालिका अधिवेशनः देउवा पक्ष सातै प्रदेशमा बहुमतमा


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 478
    SHARES

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष एकलौटी रुपमा अगाडी देखिएको छ । अधिवेशन सम्पन्न भएका पालिकार नगरको परिणाम अनुसार देउवा पक्ष एकलनै बहुमतमा देखिएको छ ।

मंगलबारसाँझ सम्म परिणाम आएका ६ सय ५ वटा पालिका मध्य २ सय ५० वटामा देउवा पक्षिय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिह लगायत पक्षका भने १ सय ८० जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।

प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल÷कोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।

बागमति प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतिमा ३३ स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।

त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले मात्रै पालिको सभापतिमा जित हासिल गरेका छन् ।

लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडी देखिएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएकोछ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिका मध्य देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र देउवा पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कपितय निर्वाचित सभापतिहरु कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् ।

सुदूरपश्चि प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १७ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने बझाङको १ ठाउँमा मात्रै जितेको छ । सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }