आइतवार, बैशाख ३०, २०८१

मलाई विभिन्न जालझेल र षड्यन्त्रको शिकार बनाइएको छ : मुख्यमन्त्री रावत


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 234
    SHARES

२० असोज, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यलयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापामा असन्तुष्ट व्यक्त गरेका छन् । प्रदेशसभा बैठकमा आज विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्री राउतले आफुलाई विभिन्न जालझेल र षड्यन्त्रको शिकार बनाईएको पनि बताएका छन् ।

मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यलयमा छापा मार्दा आफुलाई पनि जानकारी नभएको र अख्तियारले जुन तरिका र पद्धती अपनायो त्यो ठिक नभएको पनि बताउनुभयो । बैठकमा बोल्दै मुख्यमन्त्री राउतले कुनै पत्र बिना नै आफ्नो कार्यलयमा छापा मारिएको पनि बताए । गत असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो।

मुख्यमन्त्री मुख्यमन्त्री राउतले प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा छात्राहरूलाई साइकल वितरण गरेका थिए र सो साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

सत्तारुढ दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार नै मुख्यमन्त्री राउतले आज विश्वासको मत लिन लागेका हुन् । हाल सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }