आइतवार, बैशाख ३०, २०८१

आजै मन्त्रीपरिषदले पूर्णता पाउन सक्छ : प्रचण्ड


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २१, २०७८
  • 159
    SHARES

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले आज पूर्णता पाउन सक्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्ले आज पूर्णता पाउन सक्ने बताउनुभएको छ ।

पचली टिभीको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो– उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता (मन्त्रिपरिषदले) पाउँछ ।

उहाँले विभेदमा पारिएका समुदायलाई अगाडि बढाउन आफू निरन्तर लागि परेको धारणा राख्नुभयो। यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।

माओवादी केन्द्रले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो । माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }