आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेको अवरोधका कारण निजामती सेवा विधेयक फिर्ता लिनु पर्यो : दिलेन्द्र बडु


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 284
    SHARES

२२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताउनु भएको छ ।

काँग्रेस सांसद बडुले जरुरी कानुनहरु समेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसद अवरुद्ध पारेपछि सरकारले विधेयकहरु फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको दावी समेत गर्नु भयो । शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नु भयो, ‘प्रमुख प्रतिपक्ष दलले यति ठूलो अवरोध गरिरहेको छ । संसदलाई सूचारु गर्न दिने, राज्य संचालनामा जरुरी कानुनहरु पास गर्न दिने, जनताको जल्दाबल्दा समस्यालाई जनताको माझमा पु¥याउन दिने । यसको खालको वातावरण नबनाउने । यो जनताप्रतिको, संसदप्रतिको उत्तरदायित्व बिर्सेर जसरी भएपनि गैरउत्तरदायी ढंगले प्रमुख प्रतिपक्षले जुन अवरोध खडा गरिरहेको छ । त्यसैको परिणाम हो यो ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }