शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुई दिन पछि सर्यो प्रतिनिधि सभाको बैठक 


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २, २०७८
  • 245
    SHARES
२ कात्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक दुई दिन पछि सार्नुभएको छ। कार्तिक ९ गतेका लागि बोलाइएको बैठक दुई दिनपछि सारिएको संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै जानकारी दिनुभयो।
गत असोज २५ गतेबाट कार्तिक ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । तर मंगलबार (आज) संघीय संसद सचिवालयले एक विज्ञप्ति गर्दै कार्तिक ११ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
‘मिति २०७८ साल कार्तिक ९ गते मंगलबार दिनको १ः०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवस सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ कपो उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्यूले मिति २०७८ साल कार्तिक ११ गते बिहीबार दिनको २ः०० बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
सुचनामा विशेष कारणले बैठक दुई दिन पछि सारिएको भनिएपनि कारण भने खुलाइएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }