शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपहिरो पिडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने प्रधानमन्त्रीको घोषणा


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ३, २०७८
  • 468
    SHARES

३ कात्तिक, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछि देशभर आएको बाढी तथा पहिरोमा परेर घर भत्केकाका परिवारलाई तत्काल प्रति घरधुरी ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ। सिंहदरबारमा प्रधानमन्त्री देउवाको अध्यक्ष्यतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकबाट उहाँले सो राहत दिने घोषणा गर्नुभएको हो।

प्रधानमन्त्रीले उक्त बैठकमा देशभर गएको बाढीपहिरोबाट भएको धनजनको क्षतिबारे ब्रिफिङ लिनुभएको थियो।

यस्तै अन्य कृषिबालीलगायतका क्षतीका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लकत संकलन गरिने पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }