मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हवाइजहाज र भरिया ( सँस्मरण )


  • राम खत्री, न्युयोर्क
  • आइतवार, पुस ११, २०७८
  • 812
    SHARES

हवाइजहाज र भरिया

 

२०३० देखि ४० को दशकतिर नेपालमा मनाङ्गेहरु रातारात निकै ठूलाठूला व्यापारीहरु बनिरहेको हल्ला व्यापकरुपमा चलिरहेको थियो । यसभन्दा अगाडि नेपालको व्यापार काठमाण्डौको स्थानीय नेवार समुदाय तथा मारवाडीहरुको हातमा थियो । उनिहरुको व्यापार परम्परागत किसिमकै थियो । बिस्तारै नेवारहरुलाई पछाडि पार्दै मारवाडीहरुले राम्रो व्यापारीको भूमिका निर्वााह गरे ।फलस्वरुप अहिले ठूला व्यापार र उद्योगधन्दाको झन्डै नब्बे प्रतिशत अंश मारवाडीहरुकै हातमा छ ।

छिमेकी देशसंग राम्रो सम्पर्कको धार उनिहरुसंग भएकोले व्यापारिक सुरक्षामा व्याकअपउतैबाट आउने भएकोले फाइदापनि हुन गयो । ग्राहक खुसी पार्ने तरिकामापनि उनिहरु माहिरछन् । हामीले भोगिरहेकै छौं देखिरहेकै छौं । नेवार व्यापारीहरु प्रायः काठमाण्डौका रैथाने भएकाले
उनिहरुभित्र एउटा अहम्पन लुकेको छ ।

हामी बाहेक अरुले व्यापार गर्न सक्दैन भन्ने कुरामा उनिहरुमा विश्वस्त छन् । जुन एउटा गलत सोचाई हो । जाबो आलु बेच्ने नेवारलेपनि आलु
छान्न दिदैन । राम्रो—राम्रो आलु छान्न हात अगाडि बढायो भने रिसाएर भन्छ — ‘त्यसरी छान्न पाउंदैन, राम्रो—राम्रो आलु तिमीले मात्र लग्यौ भने बिग्रेको आलुमात्र लिएर हामी पसलमा बस्ने ? कसले किन्छ बिग्रेको आलु ? लाने भए सबै मिलाएर लैजाऊ, हैन भने राम्रो—राम्रोमात्र दिन्दैन ।
इच्छा परे लैजाउ, ईच्छा नपरे नलैजाउ’ ।

काठमाण्डौ उपत्यकाका नेवार व्यापारिहरुको यो टिपिकल उदाहरण हो । यस्तै व्यवहारले गर्दा मारवाडीहरुले उनिहरुलाई पछार्न सफल भएका हुन । अहिले नेपालका सबै राम्रा—राम्रा व्यापारिक केन्द्रहरु जस्तै बिशाल बजार, न्यूरोड, ठूलाठूला उद्योगधन्दा तथा नयां सुपर मार्केटहरु उनिहरुकै मातहतमा छन् । केही नेपालीहरु अगाडि देखिएपनि उनिहरु म्यानेजर वा कामदारको रुपमामात्रै अगाडि आउछन् । ताल्चा र सांचो मारवाडीकै हातमा रहेको हुन्छ ।

त्यसैले त देशभित्रको सबै उद्योगधन्दा बिस्तारै बन्द हुंदै गए । निर्यात शुन्यमा पुग्यो । आयातले आकाश छोयो । यो परिस्थिति नेपाली कर्मचारी प्रशासन र राजनैतिक अदूरदर्शिताको कारणले सिर्जना गरेको नेपालको विवशतापनि हो । बिक्रम सम्बतको तीसको दशकमा मनाङमा जन्मिएका नेपालीहरुप्रति तत्कालीन शाषकहरुले व्यापारमा अगाडि बढ्न हौसला तथा सहयोग गर्ने नीति अपनाइयो रे । फलस्वरुप उनिहरु व्यापारमा होमिए र अगाडिपनि बढे ।

यताको सामान उता उताको सामान यता गरेर रातारात बढोत्तरी गरेको पनि देखियो । काठमाण्डौको ठमेल बजार मानङ्गे दरवारले भरिए । यताका सामानहरुको भारी बोकाएर मानिसहरु उता लैजाने, उताको सामानहरुको भारी बोकेर यता भित्र्याउने काम खुबै भयो । त्यतिबेला यिनै कुराहरु चर्चा शिखरमा पुगिरहेको थियो । हरेक दिनहाम्रा कानसम्म आइपुग्थे । प्रतिदिन ती कुराहरु सुनिरहंदा शायद सबैको मनमा त्यो
बिषयबस्तुप्रति आकर्षण बढनु स्वाभाविकै होला ।

मेरो मनमा पनि हवाईजहाज चढ्ने र बिदेश देख्ने लालसा जाग्यो । आफनो स्वआर्जनबाट बिदेश जाने वा हवाईजहाज चढ्ने औकात मेरो थिएन
। अरुको भारी बोकेर जीवन निर्वाह गर्नु पर्ने अबस्थापनि थिएन । उमेरले हो कि समयले हो । अथवा साथी सङ्गातीको बहकाउमा लागेर एक पटक हङकङ वा बैकंक जान पाए हुन्थ्यो भन्ने बिचारले मेरो मनमा जन्म लियो । काठमाण्डौ उपत्यकाभित्र जन्मेका मानिसले मनाङ्गें व्यापारी
चिन्ने वा मनाङ्गेलाई साथी बनाउने अवसर कमैले पाउछन् ।

मेरो चिनाजानीमा कोही थिएनन । त्यसैले म उनिहरुसंग पुग्ने दलाली खोज्न थालें । म्याग्दीतिर एकजना गौचन नाम गरेका मानिस फेला पर्यो । ऊ साच्चैको दलाली थियो वा गफाडी थियो म भन्न सक्तिन । उसलाई मेरो रहर सुनाएपछि उसले पासपोर्ट बनाउन लगायो । पासपोर्ट लिएरमात्र उनिहरुकहां जानु पर्छ भन्ने कुरा भयो । हप्तैपिच्छे सयौ मानिसलाई उनिहरुले विदेश लैजान्छन् । सात दिन होटलमा राख्छन् र घुम्नपनि पाइन्छ । आफनो एक पैसापनि पर्दैन । कुरा ठीकै हो भनेर म पासपोर्ट बनाउनेतिर लागें ।

त्यतिबेला परराष्ट्र मन्त्रालय सिंहदरवारभित्रको एउटा नयां र अत्याधुनिक भवनमा थियो । अन्य सरकारी कार्यालयमा जो कोहीपनि सरासर भित्र जान पाइन्थ्यो । तर परराष्ट्र मन्त्रालयको भवनभित्र प्रवेशको लागि अनुमति लिएरमात्र भित्र जानु पर्ने । शायद विदेशीहरुलाई देखाउन पर्ने भएकोले होला । यो भवन निकै सफासुग्घर र व्यवस्थित देखिन्थ्यो । त्यसबेला नागरिक सुरक्षाको हिसाबमा नेपाल एउटा अब्बल देश भएजस्तो मलाई लाग्थ्यो । अपराधिक गतिविधि ज्यादै न्युन थियो । यति विधि सुरक्षाको खाँचोपनि नभएर होला सबै सरकारी कार्यालय जो कोहीका लागि खुल्ला रहेको ।

त्यसबेला राहदानी परराष्ट्र मन्त्रालयबाटमात्र वितरण हुन्थ्यो । परराष्ट्र मन्त्रालयपनि चारखाल अड्डाजस्तो नबनोस भनेर राहदानीका लागि एउटा निश्चित समय र ठाउँ तोकिएको थियो । उक्त समयमा परराष्ट्र मन्त्रालयको ठूलो ढोका खुल्ला हुन्थ्यो । जो कोहीपनि प्रवेश गर्न सक्थे राहदानी बितरणको ठाउँसम्म । तर मन्त्रालयभित्र जानको लागि भने लबीमा गएर कसलाई भेटन गएको हो उसलाई फोन गरेर सम्बन्धित मान्छे लिन आएपछिमात्र भित्र जान पाइन्थ्यो ।

राहदानीका लागि आएका सबै ग्राहकहरुलाई निश्चित ठाउँमा बोलाएर फाराम बितरण गर्ने, तयार भएका राहदानी बितरण गर्ने, संशोधन गर्ने, नमिलेका कुरा मिलाउने आदि सबै त्यही बेला हुन्थ्यो । शायद त्यो काम ३ बजेपछि हुन्थ्यो । भरिया नै बनेरपनि हवाइजहाज चढ्ने र अर्को मुलुक हेर्ने रहरले एकदिन म परराष्ट्र मन्त्रालयको कम्पाउण्डमा प्रवेश गरें । सयौं नेपालीको भीडबाट मैलेपनि राहदानीका निमित्त एउटा फाराम ल्याएँ । घरमा ल्याएर राम्रोसँग भरेँ ।

त्यसपछि त्यो फारामको कुनै एक भागमा— म यो व्यक्तिलाई राम्रोसगं चिन्दछु भनेर सरकारी अधिकारीले प्रमाणित गर्नु पर्नेरहेछ । सरकारी अधिकारी भन्दा माथि सांसद हुने रहेछन् । राहदानीको फाराममा सांसदले सहि गरेपछि तुरुन्तै बनाउनु पर्ने रहेछ । सरकारी अधिकारी चिन्ने औकात नराख्नेले सांसद कसरी चिन्ने, अर्को बिडम्बना । म निजामति किताबखानामा काम गरिरहेकोले अमृत श्रेष्ठलाई नचिनेको त होइन । उनिपनि सरकारी अधिकारी नै थिए । तर उनिपनि कुनै प्रश्नै नगरि पासपोर्टको फाराममा सहि गर्नेवाला त होइनन् ।

कर्मचारीले राहदानी बनाएर अब के तरक्की गर्न आट्यो भन्ने एक प्रकारको छटपटाहट हुने प्रबृत्ति नेपाली अधिकारीमा नभएको होइन । एक—दुईजनामात्र दिलदार अधिकारी होलान जो अरुको उन्नति—प्रगति र भलाईमा सांच्चिकै प्रशन्न हुन्छ । अरु केही उपाय पनि थिएन । आफनो रहर पुरा गर्न कोशीस गर्नै प¥यो । अमृत श्रेष्ठ कहाँ राहदानीको फाराम लिएर गएँ ।

उनले प्रश्न नगर्ने त कुरै थिएन तर पनि सही नै नगरिदिने नियत राखेनन् । एकपटक विदेश हेर्ने रहर मनमा लागेकोले राहदानी बनाउन लागेको कुरा भने । अरु किचोला नगरी सही गरिदिए । अर्को दिन पासपोर्टका लागि आवश्यक पर्ने नेपाली नागरिक भएको प्रमाणपत्रको फोटोकपीसमेत बोकेर परराष्ट्र मन्त्रालयको सोही ठाउँमा सोही समयमा गएर बुझाएँ ।

अब मेरो रहर पुरा होला त ? त्यतिबेला राहदानीको प्रकृया एकदम लामो थियो । नेपाली नागरिक हुँदैमा नेपाली राहदानी पाउन सकिदैन थियो । नागरिकलाई कुनै सरकारी अधिकारी वा ठूलाठूला सांसदहरुले चिन्नु पथ्र्यो र उनिहरुले प्रमाणित गर्नु पथ्र्यो । त्यसपछि नागरिकले पेश गरेको राहदानी फारामलाई गृह मन्त्रालयमा पठाइन्थ्यो । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा । प्रहरी प्रधान कार्यालयले कुन जिल्लाको नागरिकता हो वा कुन ठाउँमा बस्ने हो त्यो ठाउँको जिल्ला प्रहरी कार्यलयमा पठाई दिन्थ्यो । जिल्ला प्रहरी कार्यालयले गाउँको प्रहरी चौकीमा पठाइदिन्थ्यो ।

चौकीको इन्चार्जले प्रहरीलाई खटाएर सम्बन्धित व्यक्तिको घर भएको गाउँमा गई त्यो व्यक्तिको बारेमा सोधपुछ गर्ने वा उसका विरुद्ध प्रहरीमा केही उजुरी रिपोर्टहरु छ वा अपराधिक गतिविधिमा संलग्न भएको अभिलेख हेरी वा केही छैन भने नभएको कुराको जानकारी जस्ताकोतस्तै रिपोर्ट जुन प्रकृयाबाट फाराम उनिहरुसम्म आइपुगेको हो उही प्रकृया मार्फत फकाउनु पथ्र्यो । पठाउने वा नपठाउने उनिहरुको अधिकारको कुरा हो ।

उनिहरुलाई मन लाग्यो भने फर्काउथे पनि होलान । मन लागेन वा मन परेन भने नपठाएपनि किन नपठाएको भनेर सोध्ने सहास कसैको थिएन ।
कसैले सहास गरिहालेपनि त्यसको हजार जवाफ उनिहरुसंग तयारै हुन्थ्यो । यसरी नै नेपालको प्रशासनिक प्रकृया कैयौं बर्ष चल्यो ।

मैले पेश गरेको राहदानी फाराम उपरोक्त प्रकृया अनुसार डुल्दैडुल्दै मेरो गाउँमा करीब ५—६ महिनातिर पुगेछ । गाउँका ठालु मुखियाले भनेर थाहा पाएँ । ठालुले भने — ‘मैले राम्रो केटा हो भनेर पठाइ दिएको छु’ । मेरो गाउँ परराष्ट्र मन्त्रालयबाट फटाफट हिडेर गयो भने तीन घन्टामा पुग्न सकिन्छ । तर प्रशानिक प्रकृयाबाट कागज पुग्न छ महिना लाग्यो । प्रशासनिक प्रकृया बनाउनेहरुले यसलाई उपयुक्त बिधि सम्झेर बनाएको होला । तर नव—गणतन्त्र आईसकेपछि भने राहदानी सम्बन्धमा निकै ठूलो परिवर्तन आएको छ । सहजपनि भएको छ ।

राहदानीको पर्खाइमा म करिब एक बर्षजति बसें । केही खबर नआएपछि एकदिन परराष्ट्र मन्त्रालयमा बुझन गएँ । उनिहरुले भने— ‘तपाईको प्रहरी रिपोर्ट आएको छैन । त्यो नआएसम्म राहदानी बनाउन सक्दैनौ ।’ भरियानै बनेर भएपनि मेरो हवाइजहाज चढ्ने रहरले त्यहि दिन बीट
मा¥यो । मैले त्यो इच्छा तत्कालै त्यागी दिएँ ।

अहिले सम्झदा नेपालको प्रशासनिक प्रकृयाले मलाई राम्रै गरायो । राहदानी समयमा बनिदिएको भए म अरुको पैसामा अरुले बन्द गरिदिएको सुटकेकश बोकर बिदेशी भूमिमा टेक्न पाउने आशामा निस्कन्थे र अहिले कुन अबस्थामा हुन्थे के थाहा ? ३३ किलो सुन बोक्ने भरिया मै पो हुन्थे की ! कस्तो मूर्ख सहास पैदा भएको रहेछ मेरो मनमा । त्यो बिचारको सम्झनाले अहिलेपनि मलाई लगलग कमाउंछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }