मुक्तक
उस्को यादको छट्पटीले आगो झैं, मन जलि रह्यो
उस्लाई के भो थाहा छैन आफ्नो भने तन बलिरह्यो
आफुलाई भुल्न सक्छु तर उसलाई भूलौं कसो गरी?
हजार कोशिष गर्दा पनि मदहोशी पन चलिरह्यो ।
*********
यो दुनियाँमा एउटा छेपारो र अर्को सॉप छन्
खूबीमा दुबै आ-आफ्नो बाऊको पनि बाप छन्
मौका पर्ना साथ खुरूखुरू रंग बदल्नेहरू तिमी
आफूलाई शिक्षित ठान्ने उनीहरू अँगुठा छाप छन्।
*********
धेरै दिनपछि मैले आज एउटा गीत लेखें
त्यहि मात्र लेखिदिएँ यहॉ मैले जे जे देखें
लेख्न पनि के कठिन हुन्छ र भन्ने लाग्थ्यो
बोल्न जस्तो लेख्न सहज हुन्नरैछ भन्ने खेपें ।
*********
– गृष्मा पौड्याल
टोकियो जापान