सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसको बाँकि रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २८, २०७८
  • 415
    SHARES

काठमाडौं , २८ माघ।

नेपाली काँग्रेसको बाँकि रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

नेपाली काँगेस केन्द्रिय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकि जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्नका लागि विधान मस्यौदामाथि पनि छलफल सुरु गरिएको र त्यसका लागि आवश्यक सबै निर्णयहरु गर्न आईतबार पुनः केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो । नेपाली काँग्रेसले आजको बैठकमा भातृ संगठनहरुको विधानलाई संघीयता अनुकूल बनाउने गरी नेता एनपी साउँद नेतृत्वको समितिले १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिमा पेश गरिएको थियो । त्यसलाई छलफल गरेर पारित गर्न सो विधान मस्यौदा पनि बैठकमा प्रस्तुत गरिएको छ । त्यसलाई सबै नेताहरुले अध्ययण गरेर आईतबार २ बजे बोलाइएको बैठकमा पारित गर्ने निर्णय गरिएको पनि प्रवक्ता महतले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज पनि छलफल जारी रह्यो । अव पर्सी आईतबार फेरी २ बजेका लागि मिटिङ छ । र, त्यसभन्दा अगाडि १३ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको बेला जुन केही भातृ संगठनहरुको विधान संघीय संरचना अनुसार गर्ने व्यवस्थाको लागि एनपी साउदजीको संयोजकत्वमा कमिटी बनेको थियो । त्यसको प्रतिवेदन पनि पेश गरिएको थियो । तर त्यो पास भएको थिएन । ती विधानहरु पनि आज पेश भएको छ । पर्सीको मिटिङमा सबै कार्य सम्पादन समितिका साथीहरुले पर्सी नै छलफल गरेर त्यो पनि पारित गर्ने । त्यो पारित गरिसकेपछि त्यसैको आधारमा ती संगठनहरुको अधिवेशनको प्रक्रिया, त्यसलाई पूर्णता दिने प्रक्रिया जेजे रोकिएको छ, ती कुराहरु गर्न सम्भव हुने भएकाले अव त्यो पढनका लागि समय दिइएको छ । पर्सी आईतबार २ बजे मिटिङ हुन्छ । र, त्यस विषयमा आवश्यक निर्णय पनि हुन्छ । त्यसैगरी अरु जति पनि विषयहरु थियो । स्थानीय तह निर्वाचनबारे आज पनि छलफल भयो । एमसीसी पारित गरेर जानुपर्छ भन्नेमा सबैको एकमत छ । बाँकि १६ जिल्लाको अधिवेशन आउँदो फागुन १३ गते गर्ने पार्टीको निर्वाचन समितिले जानकारी गराएको छ ।’

बिहीबार (हिजो)बाट सुरु भएको बैठक मूलतः स्थानीय तहको निर्वाचनबारेको छलफलमा केन्द्रित रहेको नेता अर्जुननरसिंह केसीले बताउनुभयो । उहाँले पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी अघि बढन आफूले पार्टी नेतृत्वलाई सुझाव दिएको पनि जानकारी दिनु भयो ।

बैठकमा नेताहरुबीच एमसीसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली काँग्रेसले जनाएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }