शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड


  • माउन्टेन खबर
  • शुक्रबार, पुस १, २०७९
  • 263
    SHARES

काठमाडौं – नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।


नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रवार गरेको छलफलमा सरोकारवालाहरुले विज्ञापनलाई लैङ्गिक संवेदनशिल र उत्तरदायी बनाउन जोड दिएका हुन् ।

विज्ञापनको असर समाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्ने बताउनु भयो । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुषबीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्नु नहुने बताउनु भयो । उहाँले विज्ञापन बजारलाई लैङ्गिकमैत्री बनाउनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा विज्ञापन बोर्डले विज्ञापनको विषयवस्तुलाई सेन्सर गर्ने स्पष्ट पार्नुभयो ।

युएनडिपीका सञ्चारप्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभरी प्रशारण हुने विज्ञापन लैङ्गिक संवेदनशील होस् भनेर काम गरिरहेको बताउनु भयो । उहाँले विज्ञापनले समाजमा छिट्टै असर गर्ने भएकोले निर्माणको चरणमा नै विज्ञापन लैङ्गिक उत्तरदायी भए नभएको हेर्नुपर्ने बताउनु भयो । उहाँले खराब विज्ञापनले समाजमा पु¥याउने क्षति कम गर्न सकिने उपायको खोजि गर्नुपर्ने बताउनु भयो । विज्ञापनलाई लैङ्गिक जवाफदेही बनाउन समाजका सबै पक्षले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले युएनडिपी नेपाली विज्ञापन बजारसँग काम गर्न इच्छुक रहेको पनि बताउनु भयो । युएनडिपी र विज्ञापन बोर्डले नेपाली बजारका लागि विज्ञापन बनाइरहेका अवधारणा निर्माता, रचनात्मक लेखक, रचनात्मक निर्देशक भिडियो निर्मातासँग निरन्तर छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }