शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्याब्सन काठमाडौँ र साउथवेष्टन कलेज बसुन्धराद्धारा एसईईका विद्यार्थीलाई प्रशिक्षण


  • माउन्टेन खबर
  • सोमवार, पुस १८, २०७९
  • 227
    SHARES

काठमाडौँ । अहिलेका विद्यार्थीको भविश्य परिवार र राष्ट्रसँग जोडिएको बताईएको छ ।

निजी तथा आवासीय विद्यार्थी अर्गनाईजेशन नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला शाखा, प्याब्सन टोखा र साउन वेष्टन स्टेट कलेज बसुन्धराले आज माध्यामिक शिक्षा परिक्षा (एसईई)का विद्यार्थीका लागि आयोजना गरेको विषयगत प्रशिक्षणमा बोल्ने वक्ताले विद्यार्थीसँग परिवार र राष्ट्रको भविश्य जोडिएकाले दत्तचित्त भएर अध्ययन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले एसईईको परिक्षासँग विद्यार्थी र शिक्षकमात्र नभई स्थानीय सरकार र देशको भविश्य जोडिएको बताउनुभयो । “परिक्षामा पढाईमात्र ठूलो कुरा होइन, पढेको कुरालाई कसरी उतार्ने भन्ने जान्नु आवश्यक छ,”–उहाँले भन्नुभयो ।

प्याब्सनका केन्द्रीय महासचिव आरवी कटवालले शिक्षकले पढाएको विषयलाई घरमा गएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुने बताउनुभयो । साउथ वेष्टन स्टेट कलेजका प्राचार्य डा राजेन्द्र केसीले निर्धक्क भएर परिक्षा दिएमात्र राम्रो अङ्क हाँसिल गर्न सकिने बताउनुभयो ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा काठमाडौँको टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र तारकेश्वर नगरपालिकाका १०० भन्दा बढी निजी तथा सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको सहभागीता रहने साउथवेष्टन कलेजका सहप्राचार्य हरिसिंह केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }