शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन हुने


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ६, २०७९
  • 210
    SHARES

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो ।
आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाबीच संयुक्तरुपमा आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति गरिएको थियो ।
पालिकाका अध्यक्ष शुक्र चुमानले उक्त सेवाका लागि उक्त सङ्घ र भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरिएको जानकारी दिनुभयो ।

“आँखाको उपचारका लागि आँबुखैरेनीका वासिन्दाका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका वासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा आँबुखैरेनीमै उक्त केन्द्र स्थापनापछि सबैलाई सहज हुन्छ”, उहाँले भन्नुभयो । उक्त अस्पतालमा गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत चिकित्सकको दरबन्दी मिलाइएको छ ।

प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा हरि सेढार्इंलाई नियुक्त दिएर पठाएको छ । पालिकाका अध्यक्ष चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताउनुभयो । “अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौँ, हाम्रो मागलाई प्रदेश सरकारले सुनेको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले यसअघि निजी स्रोतमा एक मेडिकल अधिकृत र एक कन्सलट्यान्ट चिकित्सक नियुक्त गरेको थियो । गाउँपालिकाले वडानं ३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी गत मङ्सिर १ गतेदेखि अस्पतालमा रुपान्तरण गरेको थियो । उक्त अस्पतालमा इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान भइरहेको छ ।

गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष चुमानले बताउनुभयो । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायत ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता थियो। गाउँपालिकाले अस्पतालबाटै मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }