शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल खेलकुद महासंघव्दारा क्यान अध्यक्ष चन्दको राजीनामा माग

पारसमाथि छानबिन गर्न माग


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २७, २०८१
  • 83
    SHARES

काठमाडौँ । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो । क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) ले नेपाललाई विश्वकपको लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

खेलाडीहरुलाई अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राति—राति होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको आरोप लगाउँदै यसबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै महासंघका केन्द्रिय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोवास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एंव केन्द्रिय सदस्यहरूले कुरा उठाएको बताउनु भयो ।

यसबारे अविलम्व छानविन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो । सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी भएपनि नेपालको १५ सदस्यीय टोलीमा समेटिन नसकेको बारेमा पनि अविलम्व छानबिन गर्न माग गर्नुभयो ।

अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उहाँको श्रीमतीलाई ट्याङ्ग आउट स्पोर्ट्स बार, इर्भिङमा ख्वाएवापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानूनी रुपमा उठाएको, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको आरोप पनि महासंघले लगाएको छ ।

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रकियाको लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यस कार्य क्यानका पदाधिकारीको मिलेमतो विना असम्भव रहेको भन्दै छानबिनको माग गरेको छ ।

क्यानको लेटरप्याडमा नागर्जुन नगरपालिकाका मेयरसहित पूर्व वडाअध्यक्षलाई क्यानका सचिवले विश्वकप अवलोकन गर्नका लागी अनुरोध गरेको पत्र मेयर आफैँले सामाजिक सञ्जालमा प्रकासित गरेकोबारेमा छानबिन गर्न माग महासंघले गरेको छ । सत्यतथ्य पूर्ण रुपमा सार्वजनिक नगरेसम्म महासंघले क्रमवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }