शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुस्मा कोइराला अस्पताल साँखुमा सातै प्रदेशका स्वास्थ्यकर्मीलाई जलनको उपचारसम्बन्धी तालिम


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २७, २०८१
  • 159
    SHARES

काठमाडौँ । सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा सातै प्रदेशका स्वास्थ्यकर्मीलाई जनलको उपचारका बारेमा जानकारी दिने उदेश्यले एकदिने तालिम प्रदान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय तालिम केन्द्रको आयोजना तथा ईन्टरबर्न र ईन्टरप्रलास्ट नेपालको प्राविधिक सहयोगमा शुक्रबार एकदिने राष्ट्रिय स्तरको जलनसम्बन्धी उपचारका लागि आधारभूत तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा ईन्टनबर्न दक्षिण एशियाका प्रमुख प्रशिक्षक डा रोजिना शिल्पकार स्वारले नेपालमा जलनको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले जलनका विरामीले समयमा उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको तीतो यथार्थ नेपालसामु रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक माधवप्रसाद लम्सालले तालिममा जलनको अवधारणगत पक्ष, जलन पोषण, प्रेषण र पुर्नस्थापनाको महत्वको बारेमा जानकारी गराइएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन सन् २००९ को प्रतिवेदनअनुसार नेपालमा वर्षेनी ५५ हजारभन्दा बढी व्यक्ति जलनबाट पीडित हुने गरेका छन् । यस्तै, वार्षिक दुई हजार १०० व्यक्ति जलनबाट अकालमा ज्यान गुमाउनुपरेको छ ।

सन् १९९७ देखि जलनका विरामीलाई उपचार गराउँदै आएको सुस्मा कोइराला मेमोरियल अस्पतालले वार्षिक दुई हजारभन्दा बढी जलनका विरामीलाई प्लाष्टिक सर्जरीमार्फत उपचार गराउँदै आईरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा विक्रम भण्डारीले बताउनुभयो ।

शुक्रबारको तालिममा सातै प्रदेशका विभिन्न अस्पतालमा कार्यरत १९ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }