बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ३०, २०७९
  • 248
    SHARES

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा चार हजार भन्दा बढी लाभान्वित भएका छन् ।

गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

विराटनगर वडा नं १८ बाट सुरु भएको शिविर सोमबार वडा नं १९ मा पुगेर समापन भएको थियो । स्वास्थ्य लाभ लिनेमा पुरुषभन्दा महिला बढी अर्थात् दुई हजार चार सय ४५ महिला र एक हजार चार सय ३४ पुरुषले स्वास्थ्य जाँच गराएका थिए । उपचारतमध्ये एक हजार एक सय ७६ले भिडियो एक्स–रे, पाँच सय ३५ले इसिजी, आठ सय ३०ले ल्याब सेवा र छ सय ५० जनाले भिआइए ९पाठेघरको जाँच० गराएका थिए ।

शिविरमा कोसी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतका प्राविधिक टोलीले सहयोग पु¥याएका थिए । समापन समारोहमा महानगरका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्था गर्न महानगर लागिपरेको सुनाउनुभयो । एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको महानगरप्रमुख कोइरालाको भनाइ थियो ।

शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतले सेवा प्रवाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }